फलामसँग जीवन

फिचर मुख्य खबर समाज

खरले छाएको सानो घर… त्यहि मुनि मेसिनको सहायताले बलेको आगोमा पाक्दै गरेको फलाम अनि निधारमा पसिना बगाउँदै हातमा फलाम पिट्ने औजार लिएका बमबहादुर विक, जसले जिन्दगीको पाँच दशक यसरी नै बिताए ।
राज्यको नीति फेरियो, नेतृत्व फेरिए तर बमबहादुरलाई भने अहिले पनि घरेलु औजार मर्मत गरेवाफतको बालीघरे प्रथाले नै छेकेको छ । ‘अहिले काम, छ महिना माम बमहादुरका यस्तै समस्या कसले सुनिदिने ? उनी भन्छन् ‘कुटो, कोदालो, खुकुरीलगायतका सामान बनाउँछु, एक वर्षमा दुई बाली अन्न भित्रिन्छ घरमा तर तीन महिना पनि त्यसले पुग्दैन्, तर पनि के गर्नु पेशा छोड्न सकिरहेको छैन ।’
घरेलु औजार बनाएवाफत कतिले पैसा दिने गरेपनि अधिकांश ठाउँमा बाली दिने प्रथा कायमै रहेको छ । जसले गर्दा बाली ल्याउन पनि समस्या हुने गरेको छ, तर बमबहादुरलाई बाध्यता छ ।
बमबहादुरले बनाएका घरेलु औजार धेरै नागरिकको सहारा बन्यो तर बमबहादुरको सहारामा अहिले पनि त्यै फलाम पिट्नका लागि चाहिने हथौडा र फलाम पकाउने मेसिनबाहेक अरु केही छैन् ।
चुनावमा बमबहादुरसँग भोट माग्न जाने नेताको स्वार्थ रह्यो होला तर बमबहादुर भने कहिल्यै स्वार्थ बोकेनन्, अहिले जीवनको उत्तराद्र्धमा पनि उनीलाई काम र एक गाँस माम र एकसरो लगाउने स्वार्थबाहेक अरु केहि छैन् ।
बमबहादुुरले अहिले पनि फलाम पिटेर नै समृद्धि खोज्ने प्रयास गरेका छन् । शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका बमबहादुर परम्परागत पेशालाई निरन्तरता दिँदै आफ्नो दैनिकी छन् ।

पुख्र्यौली पेशाले एक त उनीलाई जीवन धान्न नै धौ–धौ परेको छ अर्कोतिर आधुनिक प्रविधिका कारण घरेलु औजार बनाउने पेशा संकटमा पर्न थालेको प्रति चिन्ता छ । उनका छोराहरु कोही विदेशमा छन् कोही घरमै भएर पनि अन्य पेशा अंगालेका छन् तर बमबहादुरलाई भने आफ्नै पुख्र्यौली पेशाले छोडेको छैन् ।

पुख्र्यौली पेशाले एक त उनीलाई जीवन धान्न नै धौ–धौ परेको छ अर्कोतिर आधुनिक प्रविधिका कारण घरेलु औजार बनाउने पेशा संकटमा पर्न थालेको प्रति चिन्ता छ ।
उनका छोराहरु कोही विदेशमा छन् कोही घरमै भएर पनि अन्य पेशा अंगालेका छन् तर बमबहादुरलाई भने आफ्नै पुख्र्यौली पेशाले छोडेको छैन् ।
‘सानैबाट यस्तै काम गरियो, सिप अरु छैन्, यही दुखी पेशा बाहेक, अरु पेशा पनि के नै गर्न सकिन्छ र ? उनका यस्तै अपूर्ण वाक्य हामीले सुन्दै गर्दा हाम्रो मन पनि पीडाले भक्कानियो तर गर्नसक्ने आँट र साहस हामीसँग अरु केही थिएन, थियो त केवल उनको जिन्दगीको बारेमा जान्ने र वास्तविक जीवनलाई नीति र नेतृत्वमा बस्नेहरु समक्ष पु¥याउने ।
आशाका रंगीन सपना बमबहादुरसँग पनि थुप्रै छन् तर मनका रहर अहिले पनि मनमै खुम्चाएर उनले आफ्नो दैनिकीलाई सहज बनाएका छन् । उनी भन्छन् ‘बाबु यो भन्दा अरु केही काम सजिलो पाइन्छ र ? पाइने भए यसो शहरतिर मलाई पनि लैजानुप¥यो, ज्यान पनि बुढो भयो तर काम युवा अवस्थाकै गर्नुपर्ने बाध्यता छ ।’
मेहनत धेरै तर आम्दानी थोरै हुने गरेपनि बमबहादुरले जानेको यहि एउटा सिप छ । एकातिर आधुनिक प्रविधि भित्रिएसँगै बमबहादुरको घरेलु औजार बनाउने पेशा संकटमा पर्दै जान थालेको छ भने पुरानै अवस्थामा अर्थात बालीघरे प्रथामा काम गर्नुपर्दा बमबहादुरले मेहनत अनुसारको पारिश्रमिक पाउन सकेका छैनन् ।
नेपालको संविधानमा पनि बालीघरे प्रथा अन्त्य भइसकेको अवस्थामा बमबहादुरलाई भने बालीघरे प्रथाले छेकेको छ । जीवनको करिब ६ दशकको नजिक पुगेका बमबहादुरले आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिँदै दैनिकी चलाएका छन् ।
परिवर्तनका लागि नेतृत्वमा पुग्ने नेताहरुले आफूलाई भोट हाल्ने समयमा मात्र सम्झने तर चुनाव जितिसकेपछि पटक्कै नसम्झने गरेको उनले गुनासोसमेत गरेका छन् । ‘भोट माग्नका लागि नेता ज्यूहरु दुई दिनसम्म पनि हिडेर आउने तर चुनाव पछि भने भुसुक्कै बिर्सने गरेका छन्,
यसलाई पनि के परिवर्तन भएको मान्ने’ उनले भने । दिउँसोको टन्टलापुर घाममा होस बेलुकाको समयलाई अधिकतम समय प्रयोग गरेर फलाम पिटेर समृद्धि खोज्ने प्रयास बमबहादुरलाई राज्यले समयमै चिन्न पनि आवश्यक छ र मात्रै नागरिकले परिवर्तनको अनुभूति गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *