फर्किएको विकास खर्च

सम्पादकीय

आर्थिक वर्ष सकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै गएको आर्थिक वर्षको विकासको समीक्षा गरिने गर्छ । यो वर्षको पनि यो तथ्यांक र समीक्षा देखिएको छ । आर्थिक वर्ष सकिदै गर्दा धेरै बजेट विभिन्न कार्यालयबाट फ्रिज भएको छ । (रकम फिर्ता भएको छ) ।
दाङमा पनि यो वर्ष विभिन्न जिल्लागत र आयोजनाका कार्यालयहरुको विकास रकम दुई अर्ब रूपैयाँ खर्च हुन सकेको छैन । त्यो रकम खर्च नभएर फ्रिज भएको छ ।
विशेषगरेर प्रदेश र संघीय सरकारबाट दाङको विकासका लागि आएको बजेट फिर्ता हुनुले राम्रो सन्देश दिएको छैन । कोष तथा लेखा नियन्त्रण कार्यालयले गरेको सार्वजनिक अनुसार जिल्लाको विकासमा लागि आएको विभिन्न शीर्षकको १ अर्ब ९९ रुपैयाँ फ्रिज हुनुले विकासका लागि असार कुर्नु र समयमै विकासको चासो नहुनु नै हो । यसमा सरोकारवालाहरुले चासो दिनुपर्छ ।
विगतका वर्षको भन्दा यस वर्षको खर्च पनि बढ्न सकेन । विकासका लागि आर्थिक वर्ष सकिदै लाग्दा ताकेता हुने सबै रकम एक दुई महिनामै खर्च गर्न खोच्ने पुरानो प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाउँदा जिल्लाको विकासमा आएको ठूलो रकम फिर्ता हुनु राम्रो हैन ।
बर्षेनी जिल्लामा आएको रकम यसैगरी फर्कने वातावरण पनि सम्बन्धित कार्यालयहरुले गराउनु हँुदैन । साउनदेखि आर्थिक वर्ष सुरु हुन्छ भने असोजदेखि नै काम गर्ने संस्कारको विकास गर्नसके मात्रै जिल्लाको विकासको लागि आएको सबै पैसा जिल्लामै खर्च हुने अवस्था आउन सक्छ । सरोकारवाला पक्षले असोज देखिनै कामको वातावरण निर्माण गरेर आएको रकमलाई सदुपयोग गर्नतर्फ लाग्नु उत्तम हुन्छ ।
जिल्लामा गौरवका आयोजनाले समेत पूरा रकम खर्च गर्न नसकेको देखिएको छ । भने बढी रकम आउने विकासे अड्डाहरुको रकम सबै खर्च हुन सकेको छैन । असारको महिनामा मात्रै जिल्लामा ३ अर्ब रकम खर्च भएको देखिनुले पनि असारे विकासले तिव्रता नै पाएको पुष्टि हुन्छ । विकासमा मंसिरदेखि नै चासो दिन सकेमा बजेट फ्रिजको अवस्था अन्त्य हुने थियो ।
विकास सबैलाई अनिवार्य छ । विकासविनाको राष्ट्रको परिकल्पनासमेत छैन । यसर्थ विकासका लागि आएको बजेटलाई सही सदुपयोग गरेर विकासमै लगाऔं । विकासलाई हतारमा हैन फुर्सदमा गर्ने परिपाटी बसालौं र रकम सदुपयोग गरौं ।
असारे विकास र रकम दुरुपयोगलाई तत्काल रोकौं । यो सस्कारलाई तत्काल सुधारेर लैजानुपर्छ । विकासको जिम्मा लिएका निकाय र जनप्रतिनिधिहरु यसमा विचार गर्नुपर्छ बजेट फिर्ता हुने अवस्थालाई सुधार गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *