- Advertisement -spot_img
Thursday, April 15, 2021
Homebreaking-newsफरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १७ फागुन । दाङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–११ घर भई हाल तुलसीपुर–१० राईखलियान बस्दै आएका ५५ वर्षिय लिलाबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खत्रीलाई सर्वोच्च अदालतले वि.सं २०६१ सालमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी १५ वर्षको कैद सजाय तोकेको थियो ।

दोषी ठहर भई सजायको फैसला तोकिए लगत्तै फरार रहेका खत्रीलाई प्रहरीले आइतबार लुकिछिपी घरमै बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । विगत १६ वर्षदेखि भारतको चण्डीगढमा लुकिछिपी बस्दै गरेका खत्री छोराको तिथिको अवसर पारेर घरमा आएका थिए । प्रहरीले खत्रीलाई पक्राउ गरी कानुनी कारवाहीका लागि दाङ देउखुरी जिल्ला अदालत पेश गरिसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here