प्लाष्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण अभियान

मुख्य खबर समाज

घोराही, ४ असार । घोराही उपमहानगरपालिका वडा नं.१४ ले ‘हरित क्रान्ति आत्मनिर्भता र समतासँगै मानव विकास स्वास्थ्य र स्वच्छ’ भन्ने नाराका साथ प्लाष्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण अभियान शुरु गरेको छ ।
अभियानको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन् । अभियानको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले पूर्णसरसफाई अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
दैनिक गलत आनीबानीका कारण वातावरणमा प्रतिकूल असर पर्न थालेको भन्दै यस्ता गर्ने आनीवानी सुधार्न र वातारण जोगाउन पूर्ण सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे ।
अभियानले दाङलाई सफा र स्वच्छ बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । घोराही उपमहानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले दाङमा प्लाष्टिकजन्य वस्तु र त्यसबाट उत्पादित झोला प्रयोग नियन्त्रणका लागि सबैले भूमिका खेल्नुपर्ने बताए ।
प्लाष्टिकले मानव स्वास्थ्यमा असर पार्ने भन्दै यस्ता बस्तुको प्रयोग गर्न नगर्न आग्रह गरेका थिए ।
घोराही उपमहानगरपालिकाले नगरक्षेत्रलाई हरित नगरका रुपमा विकास गर्ने १९ वटै वडामा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध गर्ने अभियान सुरु गरेको बताए ।
मानव स्वास्थ्य तथा वातावरणीय संरक्षणलाई ध्यानमा राखी तोकिएको मापदण्डभन्दा कम गुणस्तरको प्लाष्टिक झोला, थैला बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको घोराही उपमहानगरका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका डाँगीले जानकारी दिए ।
फोहरमैला व्यवस्थापन कार्यविधि २०७४ अनुसार यस्ता बस्तु प्रयोगमा प्रतिबन्ध लगाइएकोे संयोजक डाँगीको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *