- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरप्राविधिक कक्षाको अनुमति

प्राविधिक कक्षाको अनुमति

- Advertisement -spot_img

तुलसीपुर, ६ पुस । तुलसीपुर उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति पाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको परिषद् बैठकले यस्तो निर्णय गरेको मन्त्रीका स्वकीय सचिव जीवन गौतमले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकालाई बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न बैठकले अनुमति दिएको हो । बैठकले आगामी शैक्षिक सत्रबाट सञ्चालन हुने गरी वन विज्ञानमा डिप्लोमा तहलगायत अन्य विषयको पूर्वाधार निर्माणका लागि काम अगाडि बढाउन अनुमति दिने निर्णय गरेको पनि गौतमले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षा सञ्चालनका लागि तुलसीपुर टेक्निकल कलेज स्थापनालाई जोड दिएको थियो । उपमहानगरपालिकाले कलेज सञ्चालनका लागि वडा नम्वर १२ को हरिपौरीमा जग्गा समेत भाडामा लिइसकेको छ । यसैविच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । नगरप्रमुख पाण्डेले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नेका लागि आफू निरन्तर लागिरहने समेत बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here