प्राध्यापक संघको रक्तदान

मुख्य खबर

घोराही, ३ भदौ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको १४औँ स्थापना दिवस प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले सोमबार रक्तदान गरेको छ । रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका थिए ।
जसमा सुधिर पोख्रेल, राजेन्द्रकुमार रेग्मी, रविन डिसी, मदनकृष्ण रिजाल, निरज गिरी, निरोद वली, नवीन वली, मलदेब मल्ल, सागर थापा, गोविन्द पोख्रेल, मदन भण्डारी र कृष्ण केसीले रक्तदान गरेका थिए ।
इकाई सभापति सुधिर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै त्रिवि कर्मचारी संघका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठले संस्थागत विकास र अनुशासित शिक्षा प्रदान गर्न गहन जिम्मेवारी प्रजातन्त्रवादी प्राध्यापकको काँधमा आएको बताएका थिए । उनले प्रजातन्त्रवादी प्राध्यापक संघ सिर्जनशील कार्यहरु गरिरहेकोमा धन्यवाद ज्ञापन गर्दै रक्तदान गर्नु महान् कार्य भएको बताएका थिए ।
कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रीय सदस्य राजेन्द्रकुमार रेग्मी, प्रजातन्त्रवादी प्राध्यापक संघ जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका पूर्वअध्यक्ष किशोर पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका इकाई सहसचिव एमवि केसीले गरेका थिए ।

बृद्धाश्रममा फलफुल वितरण

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको १४औँ स्थापना दिवसको अवसरमा प्रजातन्त्रवादी प्राध्यापक संघ जिल्ला समन्वय समिति दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बृद्धाश्रममा खाद्यान्न एवं सरसफाईका सामाग्री प्रदान गरिएको छ ।
प्रजातन्त्रवादी प्राध्यापक संघ जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश भट्टराईको नेतृत्वमा बृद्धाश्रममा पुगेर प्राध्यापकहरुको टोलीले सामाग्री प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *