- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरप्रादेशिक अस्पतालमा विषयगत सेवाः मुख्यमन्त्री

प्रादेशिक अस्पतालमा विषयगत सेवाः मुख्यमन्त्री

- Advertisement -spot_img

तुलसीपुर, ३० फागुन । राप्ती प्रादेशिक अस्पतालमा विशेषज्ञ सहितको विषयगत सेवा सञ्चालन गरिने भएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशका सबै प्रादेशिक अस्पतालहरुको सेवा विशिष्टकरण गर्दै लैजाने बताएका छन् ।
प्रादेशिक अस्पतालमा मृगौला उपचार रोग केन्द्र स्थापना गर्ने गरी प्रदेश सरकारले तयारी गरेको छ । विश्व मृगौला दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रदेश मातहतमा रहेका प्रादेशिक अस्पताललाई मृगौला उपचार केन्द्रको रुपमा विकास गर्ने बताएका हुन् ।
प्रदेशको मातहतमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सहित प्रदेशका तीनवटै प्रादेशिक अस्पतालमा मृगौला रोग उपचारको केन्द्र सञ्चालन गर्न सरकार तयार रहेको उनले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आयोजना गरेको नसर्ने रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गरेका मुख्यमन्त्री पोख्रेलले प्रादेशिक अस्पताललाई आधुनिक उपचारथलो बनाइने बताए । प्रदेशका तीनवटै प्रादेशिक अस्पतालमा विशेषज्ञसहितको मृगौला रोग उपचार केन्द्र सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले भने अब विषयगत स्वास्थ्य सेवा प्रादेशिक अस्पतालबाटै हुने जानकारी गराए ।

प्रदेशको मातहतमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरसहित प्रदेशका तीनवटै प्रादेशिक अस्पतालमा मृगौला रोग उपचारको केन्द्र सञ्चालन गर्न सरकार तयार रहेको मुख्यमन्त्री पोख्रेलले बताए ।

मुख्यमन्त्रीले प्रदेशका तीनवटा अस्पताललाई फरक–फरक विशेषज्ञ सेवाको रुपमा विकास गर्ने बताए । ‘हामीले प्रदेशभित्रका तीनवटा प्रादेशिक अस्पतालमध्ये कुन अस्पताललाई कुन विशेषज्ञको रुपमा विकास गर्ने भन्ने योजना बनाएका छौं उनले भने ‘केन्द्रले त्यही अनुसार अधिकार दिए हामी अस्पतालको स्तरबृद्धि गर्न तयार छौं ।’
मुख्यमन्त्री पोख्रेलले आँखाको उपचारका लागि आधारभूत तहको विशेषज्ञ सेवा प्रदेशभित्रबाट दिनका लागि पनि प्रदेश सरकारले नीति बनाएको बताए । बरिष्ठ मृगौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेले खानपानमा ध्यान नदिदा पछिल्लो समय मृगौलाको समस्या बढेको बताए ।

पवननगरमा स्वास्थ्य शिविर

तुलसीपुर उपमहानगरलाई मोतियाबिन्दु मुक्त उपमहानगर बनाउन अभियान शुरु गरिएको छ । अभियानको बिहीबार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ पवननगरको वीरेन्द्र मावि भ्यूडहर, सुनपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पवननगरमा आँखा र मृगौलासम्बन्धीको सेवा दिइएको थियो । साथै महिलाहरुको पाठेघरको क्यान्सर रोगको परीक्षण पनि गरिएको थियो ।
तुलसीपुर उपमहानगपालिका वडा नम्बर १ का अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुईत, बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा ऋषिकुमार काफ्ले, तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा वडा नं २ का अध्यक्ष राजु आचार्यले धन्यवाद ब्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता सूर्यबहादुर डाँगीले गरेका थिए ।

घरभाडाको कर उठाउनुस्ः मुख्यमन्त्री

यसैबीच प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घर भाडाको पनि कर उठाउन अनुरोध गरका छन् । घरबाट पनि आम्दानी हुने भएकाले घर भाडाको कर उठाउँदा कुनै फरक नपर्ने बताएका छन् ।
‘घरको भाडा असुल्ने पनि आम्दानी नै हो’ घोराही उपमहानगरपालिकाको वस्तुस्थितिको नगर पाश्र्वचित्र विमोचन कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलाई अनुरोध गर्दै भने ‘त्यसको पनि कर उठाउनुस् ।’ घोराही बजारमा रहेका घर भाडाको उचित कर तोक्नसमेत अनुरोध गरेका थिए ।
घोराही उपमहानगरपालिकाको विकासको लागि करको दायरा बढाउनुपर्ने जरुरी रहेको बताए । ‘करको दर बढाउने हो भने चारैतिरबाट विवाद हुन्छ’ कार्यक्रममा उनले भने ‘करको दायरा बढाउन सकिन्छ ।’
कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले घर भाडाको करमात्रै होईन् कृषिको कर पनि उठाउन अनुरोध गरे । बजारबाट जिल्ला बाहिर कृषिको व्यापार गर्ने व्यापारीहरुसँग कर असुल्न सुझाव दिए । गाउँमा उत्पादन गरेर छिट्नीमा तरकारी ल्याएर बेच्ने कृषकहरुसँग होईन्’ पोख्रेलले भने ‘बजारका तरकारी व्यापारीसँग कर असुल्न सकिन्छ ।’
आम्दानीको कर उठाउँदा कुनै फरक नपर्ने भएकाले करको स्रोत पहिचान गर्न सुझाव दिए । कर उठाएर नगरको विकास गर्न उनले सुझाव दिएका थिए । आम्दानी बढ्दा करको पनि स्रोत पनि बढ्ने भएकाले त्यसतर्फ ध्यान दिन उनले सुझाव दिए ।
नगरलाई व्यवस्थित बनाउनको लागि स्थानीय स्रोत पहिचान गरेर प्रदेश र केन्द्रको स्रोतलाई योजना तर्जुमा गर्न सुझाव दिएका थिए । ‘राजनीतिले नीतिगत रुपमा लिड गर्ने हो, तपाई नागरिकहरुले विकासमा साथ दिनुस्’ उनले भने ।
तीन तहको बजेटलाई कसरी परिचलान गर्ने ? भन्ने विषयमा ध्यान दिन सुझाव दिएका थिए । आफ्नो हिस्साको बजेटभन्दा समस्त विकासको लागि बजेट योजना बनाउन सुझाव दिएका थिए ।
घोराही उपमहानगरालिकाले भित्री सडक र फुटपाथलाई व्यवस्थित गर्नसकेमा घोराही बजार व्यवस्थित हुने उनले बताए । बजारसँग ग्रामीण जोड्ने सडकको योजना घोराही उपमहानगरपालिकाले गरेको काम उल्लेखनीय भएको बताए ।
‘बजार मात्रै झिलीमिली बनाएर हुँदैन्’ उनले भने ‘ग्रामीण विकासमा पनि ध्यान दिनुपर्छ।’ घोराही उपमहानगरको वस्तुस्थितिको पाश्र्वचित्रको विषयमा कुरा गर्दै उनले पाश्र्वचित्रलाई अध्ययन गरेर आगामी योजना बनाउन सुझाव दिए ।
पाश्र्वचित्र नहेर्ने हो भने योजनाहरु प्रभावकारी नहुने बताए । दाङ समृद्धिको यात्रामा पाईला अगाडी बढिसकेको बताए । समृद्धि भन्ने कुरा एकै पटक नहुने भएकाले विस्तारै समृद्धि हासिल गर्ने बताए । त्यसको लागि सामूहिक रुपमा विकासका योजना अगाडि बढाउन सुझाव दिए ।
कार्यक्रममा पद्मोदय पब्लिक नमुना माविका शिक्षक रामप्रसाद जैशीले घोराही उपमहानगरको वस्तु स्थितिको पाश्र्वचित्रको समीक्षा गरेका थिए ।
कार्यक्रममा पाश्र्वचित्रको समीक्षा गर्दै उनले पाश्र्वचित्रमा घोराही नगरको शिक्षा, स्वास्थ्य, वन, जनसंख्या पूर्वाधार लगाएको विषयहरु समेटिएको बताएका थिए । पाश्र्वचित्रमा घोराही उपमहानगरपालिकामा ४ सय ५७ किलोमिटर सडक रहेको बताएका थिए ।
त्यसैगरी २७ किलोमिटर राजमार्ग, एकसय किलोमिटर पीच, ३ सय किलोमिटर ग्राभेल रहेको जानकारी गराएका थिए । घोराही उपमहानरमा समग्रमा सडकको विषयमा सात किलोमिटर मात्रै चौडाहा रहेको बताएका थिए ।
‘समग्रमा सात किलोमिटर मात्रै सडक चौडाहा छ’ उनले भने ‘पाश्र्वचित्रको आधारलाई मान्ने हो भने, भविष्यमा यि सडकले धान्ने हो कि होईन् ।’
पाश्र्वचित्रमा नारायणपुरमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको उल्लेख नभएको बताए । घोराही उपमहानरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा पाश्र्वचित्रको विमोचन गरिएको थियो ।
घोराही उपमहानगरपालिकाका उप्रमुख सीता सिंग्देल न्यौपानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत सन्तकुमार सुनारले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here