Thursday, April 18, 2024
Homeमुख्य खबरप्रादेशिक अस्पतालको सेवा मापन

प्रादेशिक अस्पतालको सेवा मापन

- Advertisement -spot_img

तुलसीपुर, २६ मंसिर । तुलसीपुरमा रहको राप्ती प्रादेशिक अस्पतालको न्यूनतम सेवा मापदण्डको सर्वे शुरू भएको छ । प्रदेश नम्बर ५ सरकार र निक साईमोन संस्थाको सहकार्यमा अस्पतालको सेवा सुविधाको बारेमा सर्वे गर्न लागिएको हो ।
बुधबारदेखि सर्वे शुरू गरिएको भन्दै यसले ६/६ महिनामा अस्पतालको सेवाका बारेमा यस्तो विश्लेषण गर्नका लागि सहज हुने जनाइएको छ । यसप्रकारको सर्वेले अस्पतालको सेवा तथा सुधार गर्नुपर्ने बिषयमा सुझाव मिल्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अहिले आईसियु र एनआईसियु सेवा सञ्चालनका लागि आवश्यक सामग्री प्राप्त भएको भए पनि जनशक्ति र उचित भवनको व्यबस्थापन नहुँदा समस्या भएको प्रशासनले जनाएको छ । सेवा सुधार गर्दै आएको अस्पतालमा अहिले २५ जना चिकित्सक कार्यरत रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here