प्राथामिकताको योजना मेयरका कारण बन्न सकेनः वडा अध्यक्ष

मुख्य खबर

तुलसीपुर, १ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौपानेले वडाको बजेट खर्चमा नगर प्रमुखले बाधा पु¥याएको बताएका छन् ।
अध्यक्ष न्यौपानेले नगर प्रमुख घनश्याम पाण्डेले आफ्नो वडामा परेको वडा गौरवको योजनामा टेन्डर नै नखोलर बजेट फ्रिज गराउने रणनीतिमा रहेको बताए ।
शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष न्यौपानेले आर्थिक वर्ष ०७५/७६ को वडाले पाउनु पर्ने नगर सभाबाट पारित ३५ लाख बजेट नपाएको र नगरको जिम्मामा रहेको योजना कार्यान्वयनमा अहिलेसम्म मेयरकै कारण नगरेको बताए ।
सात लाख बढीको विकासे काम गर्दा उपमहानगरपालिकाले नै टेन्डर आह्वान गर्नुपर्ने भएपनि गौरवको योजनामा राखेको राप्ती राजमार्गदेखि पनालीबोटसम्म सडक कालोपत्रे तथा स्तरोन्तिको लागि छुट्याइएको ३५ लाख ९४ हजार रकम नदिएको वडा अध्यक्ष न्यौपानेले गुनासो गरेका छन् ।
पटक÷पटक कार्यपालिका बैठकमा कुरा उठाउँदासमेत सुनुवाई नभएपछि आफू बाध्य भएर मिडिया समक्ष आएको पत्रकार सम्मेलनमा उनले जानकराी दिएका थिए ।
‘मेरो वडाको गौरवको योजना नै गायव पारिएको छ’ उनले भने ‘नगरकै विकट १३ नं.वडालाई झनै पछाडि पारिने काम भयो । न्यौपानेले भने ‘अविलम्व सडक स्तरोन्तिको लागि टेन्डर आह्वान हुनुपर्छ ।
सडक योजनाको आशामा बसेका जनता आर्थिक बर्ष सकिनै लाग्दासमेत तुलसीपुरका नगर प्रमुखले टेन्डर आह्वान नगर्दा निराश भएको वडा अध्यक्ष न्यौपानले बताए ।
उनले नगरप्रमुखको झुक्याउने तथा गौरवको योजना नै गायव पार्ने कार्यले दुःखी बनाएको बताए । उक्त योजना नगरको रातो कितावमा पि वानमा परेको छ । त्यो भनेको पहिलो प्राथामिकता हो ।

¥याल चाट्न नपाएपछि विरोधः पाण्डे

तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले असारे विकास गर्न पक्लेका र त्यसमा ¥याल चाट्न नपाए पछि वडा अध्यक्ष विरोधका र आरोपमा उत्रिएको बताएका छन् । उनले भने अहिलेको विरोध त्यस्तै देखिएको छ ।
पाण्डेले वडाको काम वडाले नै गर्र्नुपर्ने र समयमा स्टिमेटसमेत तयार नपारेर आफूलाई आरोप लगाएको बताए । उनले अर्काे वर्ष त्यो रकम त्यही योजनामा खर्च गर्ने बताए । समयमा योजना निर्माण नगर्ने अहिले आरोप लगाउन कसरी मिल्छ उनले भने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *