प्राङ्गारिक खेती एक परिचय

विचार

  बबि बस्नेत

कृषिजन्य वस्तुहरूको उत्पादन गर्दा रासायनिक मल तथा विषादीहरूको प्रयोग नगरी प्राङ्गारिक वस्तुको मात्र प्रयोग गरी तथा कृषि पर्यावरणलाई सन्तुलित राखी खेती गर्ने प्रविधिलाई प्राङ्गारिक खेती भनिन्छ ।
यस प्रविधिले प्रति इकाई जग्गामा बढी उत्पादन गर्नेभन्दा दीगो कृषि उत्पादनमा जोड दिन्छ । साथै प्राङ्गारिक खेतीले कम्पोष्ट मलको बढी प्रयोग, प्राकृतिक रोग व्यवस्थापन, बाली विविधिकरण, वातावरणीय प्रदूषण न्यूनीकरण, स्थानीय स्रोतको सदुपयोग आदि पक्षलाई बढी जोड दिएको छ ।
यसको नारा स्वस्थ माटो उत्पादन, स्वस्थ विरूवा, पोषणयुक्त खाना, स्वस्थ जीवन रहेको छ । प्रकृतिको सबै अंगहरूको उचित संरक्षण र सम्वद्र्धन गर्दै मानवीय आवश्यकताको परिपूर्ति गर्न गरिने एउटा दिगो कृषि प्रणाली नै प्राङ्गारिक खेती हो ।
मानव निर्मित हानीकारक रासायनिक वस्तुहरू (मल, बिषादी, हर्मोन आदि) तथा परिवर्तित आनुवांशिक पदार्थको प्रयोग नगरी कृषि उपजको उत्पादन गर्ने पद्दति हो । प्राङ्गारिक कृषिमा माटो मुख्य महत्वको तत्व हो र मुख्य उद्देश्य भनेको माटोको स्वास्थ्य र माटोसँग सम्वन्धित जीवजन्तुको अधिकतम उपयोग गर्नुरहेको छ । नेपालको परिप्रेक्षमा प्राङ्गारिक कृषि नयाँ विषय होइन ।
नेपालको कृषि (By Default) आपैm प्राङ्गारिक रहेको छ । नेपालमा व्यावसायिक प्राङ्गारिक वृmषि सन् १९९० बाट सुरू भएको हो । रूपान्तरित प्राङ्गारिक वृmषि र प्रमाणित प्राङ्गारिक वृmषि बढ्दो क्रममा छ । दशौँ पञ्चबर्षिय योजना, कृषि नीति २०६१ तथा तीन बर्षे अन्तरिम योजनाले दीगो प्राङ्गारिक कृषि अबलम्वन गर्न सहकारी तथा निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ ।

ऐतिहासिक बजेट (२०६६/०६७)

नेपालमा प्राङ्गारिक वृmषि प्रवद्र्धन (प्राङ्गारिक प्रमाणीकरण र मल उत्पादनको लागि अनुदान) दिएको छ । एक अध्ययन अनुुसार(IFOAM 2006) नेपालमा १२४७ प्राङ्गारिक फार्म दर्ता र १००० हेक्टर जमीनमा प्राङ्गारिक खेती हुने गरेको छ ।
प्राङ्गारिक कृषिका मापदण्डहरू

१.प्राङ्गारिक खेती गरिने जमिन

प्राङ्गारिक खेती गरिने जमिन रासायनिक खेतीभन्दा टाढा हुनुपर्ने छ । साधारणतया प्राङ्गारिक र अप्राङ्गारिक खेती गर्ने जमीनको बीचको दूरी सडक भएको खण्डमा ४ मिटर या सडक नभएको अवस्थामा ५ मिटरको बोर्डर ठाउँ हुनुपर्दछ ।

२. रूपान्तरण अवधि

रूपान्तरण गर्ने अवधि तीन बर्षको हुनेछ । प्राङ्गारिक कृषि सुरू गरेको अवधिबाट नै रूपान्तरण अवधिको गणना हुन्छ ।

३. बाली उत्पादन

पाएसम्म र सम्भव भएसम्म स्थानीय प्राङ्गारिक बीउबिजनको प्रयोग गर्नुपर्दछ । यस्तो बीउ पाउन नसक्ने भए रासायनिक माध्यमबाट उत्पादित बीउ पनि प्राङ्गारिक उत्पादनको लागि प्रयोग गर्न सकिनेछ तर बीउलाई कुनैपनि रासायनिक बीउ उपचार गर्ने रसायनमा मिसाएको हुनुहुँदैन । बाली उत्पादनलाई सहयोग पु¥याउने लाभदायक जीवाणु (राईजोवियम)को प्रयोग गर्न पाईनेछ ।

४. माटो, पानी तथा मलखादm व्यवस्थापन 

बाली उत्पादनमा राम्ररी ९० दिन कुहिएको कम्पोष्ट या गोबर ग्याँसको लेदो बाली पाक्नुभन्दा ३० अगाडि लगाउनुपर्दछ । काँचो कम्पोष्ट या गोबर ग्याँसको लेदोको हकमा बाली पाक्नुभन्दा १२० दिन अगाडि बालीमा लगाउनु पर्दछ
। खनिज वस्तुको अभाव भएको खण्डमा राम्ररी बनेको कम्पोष्ट प्रति टनमा ५ देखि १० किलोसम्म रासायनिक खनिज पदार्थ मिसाउन सकिने छ । प्राङ्गारिक उत्पादन गरिने जग्गामा बाली चक्र अनिवार्य अपनाउनुपर्दछ र उक्त चक्रमा कोसेबाली अनिवार्य समावेश गरिनुपर्दछ । माटोको अवस्था सुदृढीकरणका लागि वायो फर्टिलाईजरको प्रयोग गर्न पाइन्छ ।

५. रोग, किरा तथा झारपात नियन्त्रण

कुनैपनि रासायनिक पदार्थ रोग, किरा तथा झारपात नियन्त्रणका लागी प्रयोग पाईने छैन । वनस्पतिजन्य धुलो तथा झोलहरू प्रयोग गर्न पाइने छ । खर्कुल (डेरीस इक्लिप्टा) वनस्पतिबाट निकालिएको बिषादी तरकारी बारीमा प्रयोग गर्नुपर्ने भए बाली टिप्नुभन्दा सात दिन अगाडि प्रयोग गर्नुपर्दछ । माटो उपचारका लागि सूर्तिजन्य झोलको प्रयोग गर्न सकिन्छ । तर जरे तरकारीको निम्ती सूर्तिको झोल निषेध गरिएको छ ।

६. बाली बीउ भण्डारण

भण्डारण गर्ने कोठा तथा भण्डारण गर्ने सामग्रीमा कुनैपनि रासायनिक पदार्थको सम्पर्क भएको हुनुहँुदैन ?

७. पशुपालन

पशुहरूलाई प्राकृतिक स्वभाव अनुसारको क्रियाकलापमा अवरोध नहुने र स्वाभाविक तरिकाले बढ्न र हुर्कन सक्ने वातावरणमा राखिनुपर्दछ । भ्रुण प्रत्यारोपण र क्लोनिङ्ग गर्न पाईदैन । कृतिम गर्भाधान गर्नुपरेमा प्रमाणीकरण निकायको सल्लाहमा गर्नुपर्नेछ । आनुवंश परिवर्तित पशुहरूको उत्पादन गर्न पाईने छैन । पशु प्रजननका लागि हर्मोनहरूको प्रयोग गर्न पाइने छ । प्रमाणिकरण निकायको परामर्शमा रासायनिक श्रोतका कुनै एण्टिवायोटिक प्रयोग गर्न पाईने छ ।

८. मत्स्यपालन व्यवसाय

प्राङ्गारिक माछापालनमा प्रयोग हुने पानीमा गह्रौ धातुजन्य तथा अन्य रसायन मिसावटको सम्भावना भएमा पानीको उपचार वा छुट्टै श्रोत र संकलन पोखरीको व्यवस्था हुनुपर्दछ । प्राङ्गारिक माछापालन र अन्य माछापालन गर्ने जलासयबीचको दुरी ५ मिटरको हुनुपर्दछ । जलासयको वरिपरि छायाँको व्यवस्था गर्नुपर्दछ । माछाको वृद्धि विकासमा नकारात्मक असर पर्ने गरी उच्च घनत्वमा माछाको संख्या राख्नुहुँदैन । चुन, नीलोतुथो र गोबरको प्रयोग गर्न सकिन्छ तर यसले माछालाई हानी गर्नुहुँदैन ।

९. मौरीपालन व्यवसाय

मौरीपालनको हकमा स्थानीय मौरीको हकमा २ किमि र युरोपियन मौरीको हकमा ४ किमि क्षेत्रमा अप्राङ्गारिक खेती गरिएको हुनुहँुदैन । मौरीको मह काढ्दा पूरै निचोरेर काढ्न हुँदैन । एण्टिवायोटिक प्रयोग गर्न पाईने छैन ।

१०. प्रशोधन, प्याकिङ

प्रशोधन गर्ने क्रममा कच्चापदार्थको कुल तौलको ५ प्रतिशतसम्म खाद्यमा प्रयोग हुने सुगन्ध आउने, संरक्षण गर्ने रासायनिक पदार्थको प्रयोग गर्न सकिनेछ । प्रशोधित उत्पादनमा पानी सफा, शुद्ध र जीवाणु रसायनरहित हुनुपर्दछ । प्रशोधित बस्तुमा ५० प्रतिशतभन्दा बढी पानी रहने अवस्था रहेमा तरल पदार्थको हकमा नेपाल सरकारले तोकेको गुणस्तर अनुरूप स्वीकृत कम्पनी वा स्रोतको पानी प्रयोग गर्नुपर्दछ ।

  •  महत्व सुरक्षित वातावरण बनाउन मद्दत गर्दछ ।
  • दीगो कृषिमा जोड दिन्छ ।
  •  बढी पोषणयुक्त खाना तयार हुन्छ ।
  •  माटोको उर्वराशक्तिको संरक्षण गर्दछ ।
  •  रोजगारीको अवसर प्रदान गर्दछ ।
  •  खाद्य सुरक्षा बढाउँदछ ।
  •  जैविक विविधतामा सुधार ल्याउँछ ।
  •  जंगली जीवजन्तु तथा वनस्पतिको संरक्षण गर्छ ।
  •  कृषि उपजहरू बढी स्वादिलो हुन्छ ।
  •  विरूवा तथा जीवहरूको पुनः प्रयोग हुन मद्दत गर्छ ।
  •  वातावरणीय विनास र जल
    प्रदूषण, जमिनको उर्वराशक्ति
    तथा बालिहरूको उत्पादकत्वमा आएको ह्रास कम गर्छ ।
  •  स्थानीय स्रोत तथा साधनको संरक्षण, सम्वद्र्धन र संतुलित उपयोग गरी दिगो कृषि विकास गर्छ ।

खाद्य सुरक्षा

समग्रमा नेपालमा खाद्यान्न उत्पादनले पुग्ने देखिएता पनि अझै ५५ जिल्लामा खाद्य अपुग रहेको देखिन्छ । नेपालमा धेरै जंगली कन्दमूलहरू खाद्यान्नको रूपमा प्रयोग गरेको पाइन्छ र यसको सामाजिक र आर्थिकरूपमा महत्व छ ।
के प्राङ्गारिक उत्पादन रासायनिकभन्दा पोषिलो हुन्छ । प्राङ्गारिक उत्पादनमा रासायनिक पदार्थको मात्रा नहुने हुनाले बढी पोषिलो मानिन्छ । के प्राङ्गारिक खाद्यवस्तु स्वास्थ्यको लागि सुरक्षित हुन्छ ।
कहिलेकाहिँ प्राङ्गारिक मल काँचो प्रयोग गरिएमा इस्केरिकिया कोली नामको ब्याक्टेरिया उत्पादित वस्तुमा जम्मा हुने सम्भावनाबाहेक अन्य अवस्थामा स्वास्थ्यको लागि सुरक्षित मानिन्छ । प्राङ्गारिक उत्पादनमा सालिसाईलिक एसिड ६ गुणा ज्यादा पाइन्छ । जसले एस्पिरिनले जस्तै सुन्निएको घटाउँछ र मुटुको धमनीलाई बलियो बनाउँछ ।
के प्राङ्गारिक उपज महंगो हुन्छ । बढी श्रममूलक र सघन व्यवस्थापन आवश्यक पर्ने हुन्छ । उत्पादन लागत, कटानी, सुरक्षित ढुवानी र भण्डारण बढी खर्चिलो हुन्छ । प्रशोधन गर्दा ग्रेडिङ, प्याकेजिङ, भण्डारण गर्दा निश्चित मापदण्ड अपनाउनु पर्ने भएकोले बढी संवेदनशील हुन्छ । स्वादिलो, स्वास्थवद्र्धक भएकोले पनि ज्यादा महङ्गो पर्न जान्छ ।
आजभोलि बजारमा भित्रिने खाद्यान्न वस्तुहरु, तरकारी, फलफुलमा रासायनिक विषादीको उल्लेखनीय मात्रामा प्रयोग भएको पाइन्छ । जसको असर स्वास्थ्यमा र वातावरणमा पर्दै आएको छ । तसर्थ स्वच्छ वातावरण स्वस्थ जीवनको लागि प्राङ्गारिक खेती एक विकल्प हुनसक्छ ।
(बस्नेत कृषि ज्ञान केन्द्र सोलुखुम्बुका कृषि अधिकृत हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *