तुलसीपुर, २० साउन । समुदाय प्रहरी अवधारणा अनुरुप दीप इङ्लिश स्कुल तुलसीपुर–१६ लक्ष्मीपुर दाङमा प्रहरी विद्यालय सम्पर्क समिति गठन गरिएको छ ।
समाजमा हुने विभिन्न आपराधिक घटना तथा घरेलु हिंसाविरुद्ध चेतना फैलाउन समिति गठन गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक कृष्ण बहादुर पुजाराले बताए ।
विद्यालयका प्रिन्सिपल डम्बर बहादुर बस्नेतको संयोजकत्वमा गठन भएको समितिमा अस्थायी प्रहरी चौकी टरिगैँका प्रहरी हवल्दार बल बहादुर सुनार सदस्य सचिव रहेका छन् ।
सदस्यहरुमा खेल शिक्षक शिवराज बस्नेत, अभिभावक लिलाधर वली र पुष्पा खत्री, छात्रछात्रातर्फ विवेक खड्का, स्वर्णिम भण्डारी, करिना डाँगी र अञ्जली बस्नेत रहेका छन् । नव गठित समितिले २४ गते शुक्रबार विद्यालयमा प्रशिक्षण कार्यक्रम राख्ने निर्णयसमेत गरेको छ ।
प्रहरी नायब निरीक्षक कृष्ण बहादुर पुजाराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोहित कुमार चौधरी, विद्यालय सञ्चालक समितिका अध्यक्ष मीन बहादुर केसी, भाइस प्रिन्सिपल चूर्ण बहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।्