प्रहरी प्रमुख सिंहको बिदाइ

फिचर मुख्य खबर

घोराही, २० साउन ।
दाङ जिल्लाबाट काठमाडौँ सरुवा भएकी दाङ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दुर्गासिंह चन्दलाई बिदाइ गरिएको छ । आइतबार तुलसीपुर क्षेत्रमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले एक कार्यक्रमका बीच बिदाइ गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले एक कार्यक्रमका बीच कार्यसम्पादन र क्षमताको मूल्याङ्कन गर्दै जिल्ला प्रहरी प्रमुखको बिदाइ गरेको हो । संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर नगर विकास समिति, रिपोर्टर्स क्लव दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले संयुक्त रुपमा बिदाइ गरेका हुन् । उक्त अवसरमा बोल्दै एसपी सिंहले दाङ बसाई क्रममा सहयोग गर्नुहुने सबै तह र तप्कालाई धन्यवादसमेत दिइन् । उनले नागरिकको सहयोग र सूचनाबाट मात्रै प्रहरीले समाजमा शान्ति स्थापना गर्न सफल हुने बताइन् । उनले जिल्लामा आमनागरिकहरुमा मनोवैज्ञानिक सुरक्षा दिलाउनसमेत सबैको सहयोग चाहिने भन्दै दाङ जिल्लालाई आफूले सदैव सम्झिरहने बताइन् । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विमल रिजाल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटा, तुलसीपुर नगर विकास समितिका अध्यक्ष यज्ञबहादुर केसी, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण संघका महासचिव रुपबहादुर खत्रीले गरेका थिए । दाङ प्रहरी प्रमुखमा कृष्णहरि शर्मा पोख्रेल आउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *