प्रहरीबाटै महिला बलात्कृत

मुख्य खबर समाज

तुलसीपुर, ४ फागुन । दाङमा बलात्कार गरेको अभियोगमा एक जना प्रहरी हवल्दार प्रहरी नियन्त्रणमा परेका छन् । ईलाका प्रहरी कार्यालय फुलबारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्द बलात्कार गरेको अभियोगमा प्रहरी नियन्त्रणमा परेका हुन् । प्रहरी हवल्दार चन्दले बिहीबार राति एक स्थानीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।
बलात्कार गरेको अभियोग लागेका प्रहरी हवल्दार चन्दलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । पक्राउ परेका चन्दलाई जबरजस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार चन्दले राति प्रहरी भएको बताउँदै ढोका खोल्न लगाएर बलात्कार गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *