प्रशासन शनिबार पनि खुल्ने

मुख्य खबर समाज

घोराही, ३१ साउन । दाङमा शनिबार पनि सरकारी कार्यालय खुल्ने भएका छन । नागरिकहरुको सेवालाई मध्यनजर गरेर शनिबार पनि कार्यालय खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले अहिले भदौ १ गतेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिए । हामी शनिबार पनि कार्यालय सञ्चालन गर्ने निर्णयमा पुगेका छौँ, उनले भने, यसले सेवाग्राहीहरुलाई सहज हुने अपेक्षा गरिएको छ । नागरिकहरुले फुर्सद भएको दिन शनिबार पनि सरकारी सेवा लिन सकून् र उनको कामलाई सहज गराउन यस्तो गरिएको उनले बताए । अहिले सबै ब्यवस्था हुन्छन्, ६ दिनसम्म आफ्नो काम गर्ने र नभ्याउने अवस्थालाई पनि ध्यानमा राखेर बिदाको दिन शनिबार पनि कार्यालय सञ्चालन गरेका हौँ, उनले भने, सेवाग्राहीको समय सदुपयोग होस, शुक्रबार नभ्याइएको कामका लागि आइतबारसम्म बस्नु नपरोस् भन्ने ध्येय पनि हो उनले भने । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले शनिबार कार्यालय सञ्चालनको लागि जिल्लाका अन्य सरकारी कार्यालय र स्थानीय तहहरुसँग पनि राय लिइरहेको बताए । शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म जिल्ला प्रशासन कार्यालय पूर्णरुपमा सञ्चालनमा आउने छ, प्रजिअ श्रेष्ठले भने, ईलाका प्रशासनले गर्ने कामसमेत शनिबार जिल्ला प्रशासनबाटै हुनेछ । उनले शनिबार काम गरेबापत अरिक्त सेवा शुल्कै कतैबाट पनि नलिने र स्वयम्सेवी तरिकाले गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *