प्रविधिविनाको शिक्षा अधूरोः नगरप्रमुख पाण्डे

फिचर मुख्य खबर

तुलसीपुर, २२ पुस । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले प्रविधिविनाको शिक्षा अधूरो हुने बताएका छन् । अहिलेको समय सूचना र प्रविधिको भएको भन्दै नगरप्रमुख पाण्डेले प्रविधिविनाको ज्ञान अधुरो अपूरो हुने बताए । टिच फर नेपालका फेलोहरुले सामुदायिक र निजी विद्यालयमा कार्यरत शिक्षकहरुका लागि आयोजना गरेको शैक्षिक प्रविधि तालिममा बोल्दै नगरप्रमुख पाण्डेले स्मार्ट एजुकेशनका लागि उपमहानगरपालिकाले विशेष योजना निर्माण गरेको बताए ।
‘अबको शिक्षा भनेको स्मार्ट प्रविधियुक्त हुनुपर्दछ’ नगरप्रमुख पाण्डेले बताए । प्रविधि नै विकासको आधार भएको भन्दै पाण्डेले आजका शिक्षकहरुले प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिका भित्रका १३ वटा विद्यालयका शिक्षकहरुका लागि प्राविधिक सीपका लागि तालिम आयोजना गरिएको संयोजक सन्तोष लम्सालले बताए । उनले अध्यापनका क्रममा आवश्यक पर्ने विभिन्न सीपका बारेमा तालिममा जानकारी दिइने समेत बताए । टिच फर नेपालका फेलो सुवर्ण बस्नेतका अनुसार शिक्षकहरुलाई पावर प्वाइन्ट निर्माणका साथै इन्टरनेटबाट शैक्षिक सामाग्रीको खोजी र त्यसको कक्षाकोठामा प्रस्तुतिलगायतका प्राविधिक विषयमा जानकारी दिइनेछ । पहिलो पटक आयोजना गरिएको तालिम विभिन्न चरणमा सञ्चालन गरिने संयोजक लम्सालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *