- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरप्रविधियुक्त विद्यालयको योजना

प्रविधियुक्त विद्यालयको योजना

- Advertisement -spot_img

अहिले नयाँ शैक्षिक सत्र सुरु भएको छ । शिक्षण संस्थाहरुले शैक्षिक सत्रलाई विशेष रुपमा लिने गर्दछन् । आफ्नो शैक्षिक संस्थालाई अब्वल बनाउने र गुणस्तरीय शिक्षा दिने प्रतिवद्धता सार्वजनिक भइरहेका छन् । नयाँ शैक्षिक सत्र र विद्यालयको सुधारको योजनाको बारेमा श्री बाल विकास मावि घोराही–१४ नयाँ बजार, दाङका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठसँग गरिएको कुराकानीको सारसंक्षेप ।

विद्यालयको वस्तुस्थिति के छ ?

वि.सं. २०१७ सालमा स्थापना भएको विद्यालय हो । यस विद्यालयको नाम श्री बालविकास माध्यमिक विद्यालय घोराही हो । वि.सं. २०१७ सालमा तत्कालिन भारतीय सेनामा कार्यरत सेनाका छोराछोरीहरुलाई अध्ययन गराउने उद्देश्यले भारतीय सोल्जर्स बोर्डद्वारा स्थापना गरिएको विद्यालय हो ।
हालसम्म पनि भारतीय सेनामा कार्यरत तथा सेवा निवृत्त भारतीय सैनिकहरुका छोराछोरी यस विद्यालयमा अध्ययनरत छन् । विद्यालयको जग्गा यस विद्यालयलाई वि.सं. २०२३ सालमा भारतीय सोल्जर्स बोर्डबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
स्थापना कालदेखि वि.सं. २०६६ सालसम्म प्रा.वि. तहमा नै रहि सञ्चालन हुँदै आईरहेको यो विद्ययालय वि.सं. २०६७ सालदेखि निमावि तहको अनुमति प्राप्त गरी हाल कक्षा १० सम्म पढाइ भइरहेको छ । यस विद्यालयबाट २०७० सालदेखि एसईई (एसएलसी) परीक्षामा सहभागी भएका थिए ।

भर्ना अभियान सक्यो कि जारी छ ?

हामीले नयाँ विद्यार्थी तान्नको लागि भर्ना अभियान चलाएका छैनौँ । किनभने विद्यालयमै थेगी नसक्नु विद्यार्थी भएपछि हामीले चाहेर पनि नयाँ विद्यार्थी भर्ना गर्न असमर्थ छौँ ।
हामी हाम्रा विद्यार्थीका अभिभावकसँग भेटने, शैक्षिक परामर्श लिने गरेका छौँ । अभिभावकहरुको घरमै पुगेर विद्यार्थीहरुको शैक्षिक अवस्थाको बारेमा जानकारी लिने दिने गरेका छौँ ।

विद्यार्थी संख्या कति छ ?

हालसम्म १ हजार तीन सय संख्या पुगिसकेको छ । गत वर्ष १ हजार दुई सय जना विद्यार्थी थिए । अझै हाम्रा विद्यालयका अध्ययन गरिरहेका ४० प्रतिशत विद्यार्थीहरु भर्ना हुन आएका छैनन् ।
उनीहरुलाई मध्यनजर गरेर नयाँ विद्यार्थी भर्ना गर्न असमर्थ भएका छौँ । वार्षिक परीक्षा दिएर घर गएका विद्यार्थीहरु आउनेक्रम जारी छ । हामीसँग भौतिक पूर्वाधारको पनि अभाव छ ।

सबै विद्यार्थीहरुले पुस्तक पाए ?

एउटै पुस्तक पसलबाट मात्र पुस्तक उपलब्ध हुँदा समस्या भएको छ । सबै विद्यालयले एउटै पुस्तक पसलबाट पुस्तक लिनुपर्दा चाप बढी हुने र आफूले भनेको समयमा पुस्तक उपलब्ध नहुने समस्या देखिएको छ ।
करिव नौ सयजना विद्यार्थीहरुले पुस्तक पाईसकेका छन् । बाँकी विद्यार्थीहरुको लागि पनि पुस्तक मगाएका छौँ । नेपालगंजबाट आउँदै छ भन्ने खबर पाएको छु । हामीले यही महिनाभित्र नै सबै विद्यार्थीहरुलाई पुस्तक पु¥याउने योजनामा छौँ ।

नयाँ विद्यार्थी कति भर्ना गर्नु भयो ?

हामीले तीन सयको हाराहारीमा नयाँ विद्यार्थी भर्ना गरेका छौँ । नर्सरी कक्षामा ५० जना भर्ना गरेका छौँ । धेरै अभिभावहरु विद्यार्थी भर्ना गर्न आउनुहुन्छ । हामीसँग विद्यार्थीहरु चाप बढी नै भएकाले फर्काउन बाध्य भएका छौ ।

सामुदायिक विद्यार्थीमा पढ्न आउनुको विद्यार्थीको आकर्षक के हो ?

सबैभन्दा ठूलो कुरा त अनुशासन हुँदो रहेछ । त्यो अनुशासन हामीले विद्यार्थीहरुलाई दिन सकेका छौँ जस्तो लाग्छ । विद्यार्थीदेखि विद्यालयको सरसफाई, शैक्षिक गुणस्तरलगायत अतिरिक्त क्रियाकलाप पनि हामीले व्यवस्था गरेकाछौँ ।
विद्यार्थीहरुलाई पुस्तकको ज्ञान मात्र नभएर संगीत, खेलकुदलगायतका विधामा हामीले छुट्टै कक्षाको व्यवस्था पनि गरेका छौँ । विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा कुनै असर नपर्ने गरी नृत्य विधामा रुचि भएका विद्यार्थीहरुलाई नृत्य कक्षाको व्यवस्था छ भने संगीतमा रुचि भएको विद्यार्थीहरुको लागि संगीत विद्याको लागि राजेश खत्री,
नृत्य प्रशिक्षकको रुपमा नृत्य गुरु शान्तराज पुन, योगा प्रशिक्षकको लागि रविन्द्र बस्नेत गुरुहरुले छुट्टै कक्षा सञ्चालन गर्नुभएको छ । विद्यालयमा शिक्षासँगै अतिरिक्त क्रियाकलाप पनि उत्साहजनक सहभागी भएका छन् । जसले गर्दा विद्यालयले विद्यालयको शैक्षिकसँगै विद्यार्थीले आ–आपनो प्रतिभा तिखार्नको लागि एउटा अवसरसमेत पाएका छन् ।

विद्यालयमा दरबन्दीको अवस्था के छ ?

हामीले धेरै नै निजी स्रोतबाट चलाएका छाँै । बाँकी जम्मै प्राथमिक तहबाट चलिरहेको छ । २०७५ सालका शैक्षिक सत्रमा एउटा अंग्रेजी विषयमा अनुदान दिएको थियो ।
त्यसैगरी निम्न माध्यमिक तहमा गणित विषयको लागि अनुदान दिएको थियो । प्रावि तहमा दरबन्दी भएका शिक्षकहरुले मावि तहको कक्षाहरुमा समेत पढाइरहेको अवस्था छ ।

परीक्षाको रिजल्ट कस्तो आयो ?

गत वर्षको कक्षा ८ मा ९२ जनाले परीक्षा दिएका थिए । त्यसमध्येबाट कक्षा ९ मा ३८ जना विद्यार्थी पढ्न पाउने भएका छन् । बाँकी अन्य विद्यार्थीहरुले ग्रेड सुधारको परीक्षा दिएका छन् रिजल्ट आएको छैन् । त्यसैगरी एसईई परीक्षामा ५० जना विद्यार्थीहरु सहभागी भएका थिए । उनीहरुको पनि रिजल्ट आएको छैन्

अभिभावकको प्रतिक्रिया कस्तो पाउनुभयो ?

पछिल्लो समयमा अभिभावकहरु पनि सचेत भएको जस्तो महशुस भएको छ हामीलाई । किनभने अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई निजीबाट छुटाएर आफै भर्ना गर्न आउनुभएको छ । यो एउटा उपलब्धिको रुपमा लिएको छु ।
पहिलेको समयमा अभिभावकहरुलाई सम्झाउन गाह्रो हुन्थ्यो, हिजोआज आफै छोराछोरी लिएर आउनुहुन्छ ।
सायद हाम्रो विद्यालयको शैक्षिक सुधार भएर नै होला । त्यसमा पनि हामीले सबै विद्यार्थीहरुलाई चाहेर पनि भर्ना गर्न सकेका छैनौ । यदि सामुदायिक विद्यालयमा गुणस्तर हुदैनथ्यो भने विद्यार्थीको चाप किन हुन्थ्यो होला ? सामुदायिक विद्यालयको महङ्खव पनि बुझेको जस्तो लागेको छ ।

शैक्षिक सुधारको लागि कस्को भुमिका रहन्छ ?

यसमा शिक्षक, अभिभावक र विद्यार्थीको बराबर भूमिका रहन्छ । यहाँ शिक्षकलाई मात्र आरोप लगाउने चलन छ । यस विषयमा अभिभावक पनि सचेत हुनुपर्छ । हामीले समय– समयमा अभिभावक भेला गराउँछौँ ।
बालबालिकाको शिक्षा सुधार, गतिविधिहरुको बारेमा जानकारी गराउँछौ । अभिभावकहरु पनि आजकाल समय–समयमा आफ्नो बालबालिकाको शैक्षिक अवस्थाको बारेमा बुझ्न आउनुहुन्छ । विद्यार्थी पनि जाँगर लगाएर पढेका छन् । समयमा विद्यालय आउँछन् ।

आगामी योजना के छन् ?

विद्यालयको शैक्षिक सुधार त छदैछ । त्यसबाहेक हामीले यो वर्ष विद्यालयलाई प्रविधियुक्त विद्यालय बनाउने योजना बनाएका छाँै । त्यसको लागि हामीले विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थीहरुसँग छलफल गरिसकेका छौँ ।
हामीले प्राविधिकसँग पनि बुझिसकेका छाँै । यही शैक्षिक सत्रदेखि हामीले कक्षाहरुमा स्मार्ट बोर्ड शुरु गरिसकेका छौँ । शैक्षिक सत्र २०७५ देखि सिटिइभिटीअन्तर्गत १८ महिने विद्युत सवओभरसियरको पढाइ सञ्चालन भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here