प्रविधिमा चुकेका कार्यालय

राजनीति सम्पादकीय

प्रविधिको प्रयोग बढ्दो क्रममा छ । कार्यालयहरुमा यसको आत्मसात् हुनसमेत थालेको छ । सरकारी तथा गैर सरकारी कार्यालयका सूचना, सामग्री र गतिविधि सार्वजनिक गर्न पनि प्रविधिकै साथ लिने गरिएको छ । अहिले संस्था र कार्यालय मात्रै हैन ब्यक्तिले पनि आफनो छुट्टै वेवसाइट निर्माण गरेर सञ्चालनमा ल्याइरहेका छन् । प्रविधिको बढ्दो प्रयोग र प्रभावकारिता देखिरहेको बेला भने जिल्लाका सरकारी कार्यालयहरुको वेवसाइटहरु अपडेट नभएको र नहुने गरेको लामो समय बितेको सार्वजनिक भएको छ । अधिकांश कार्यालयहरुका वेवसाइटमा कार्यालयहरुले ध्यान दिन नसकेको पाइनुले सरकारी निकाय प्रविधिमा पछि परिरहेको र चुकेको देखिएको छ । सबै निकायहरुमा प्रविधिको प्रयोग भइरहेका बेला दाङका सरकारी कार्यालयका वेवसाइट लामो समयदेखि अपडेट नहुनुमा कार्यालयको लापरवाही प्रष्ट देखिन्छ ।
जिल्लाका अधिकांश स्थानीयतह तथा सरकारी कार्यालयका वेवसाइट अहिले अपडेट छैनन् । सबै कार्यालयहरुमा प्रायः आइटी अधिकृत राखिदै आएको छ । तर पनि कार्यालयको चासो प्रविधिभन्दा पनि कागजी प्रक्रिया अङ्गालेको देखिन्छ । प्रविधिमैत्री सेवा दिन जिल्लाका कार्यालयले केही समय अघि सुरु गरेको जनाएको भएपनि अधिकांश कार्यालयमा वेवसाइट नै अपडेट नहुनुले प्रविधिभित्र कार्यालयहरु अझै छिर्न नै सकेका छैनन् भन्ने देखाएको छ । पलपलका गतिविधि र सूचनाहरु सार्वजनिक गर्ने उपयुक्त थलोको रुपमा रहेको वेवसाइटलाई प्रयोग मै नल्याउनु, ल्याए पनि निरन्तरता दिन नसक्नु, र यसको उपयोगिता र महŒवको बारेमा कार्यालय प्रमुख र जनप्रतिनिधिलाई विशेष जानकारी नहु“दा पनि यस्तो भएको हुनसक्छ । अहिले प्रविधिको विकासस“गै छिटो जानकारी लिन वेवसाइटहरु बढी हेर्ने र सूचना तथा जानकारी लिने चलन बढेको छ । यसलाई कार्यालयहरुले आत्मसात् गरेनन् भने कार्यालयले आफ्ना सूचना र गतिविधि लुकाउने प्रयास गरिएको आशंका समेत हुनसक्छ । अपडेट नगरिदिदा कार्यालयको वेवसाइटमा पुरानै सूचनाले प्रभुत्व जमाई रहेका छन् । कतिपय कार्यालयले वेवसाइट निर्माण गरेपनि त्यसको प्रयोग नगरेको पाइएको छ । वेवसाइट अपडेट नहु“दा नागरिक सहजरूपमा सूचना पाउनुपर्ने अधिकारबाट वञ्चित भइरहेका छन् । यो अवस्थालाई हटाउन सबै निकायहरु चनाखो हुनुपर्छ । प्रविधिस“ग चुक्ने हैन प्रविधिलाई आत्मसात् गरेर प्रयोग बढाउन लाग्नुपर्छ । यसको प्रयोगलाई सदुपयोग गर्न सक्ने आ“ट कार्यालयमा आउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *