प्रलेसद्वारा प्रतिनिधि छनौट

मुख्य खबर समाज

घोराही, १९ चैत । प्रगतिशील लेखक संघ नेपालको ११औं राष्ट्रिय अधिवेशनका लागि दाङबाट प्रतिनिधि छनौट गरिएको छ । प्रलेस दाङ शाखाका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता तथा प्रलेसका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा बसेको बैठकले प्रतिनिधि छनौट गरेको हो ।
आगामी चैत २२ र २३ गते काठमाडौँमा हुने अधिवेशनका लागि दाङबाट सातजना प्रतिनिधि छनौट गरिएको छ । जसमा साहित्यकारहरु भुवन देवकोटा, शरद अधिकारी, शालिकराम रजौरे, श्याम चिस, दुर्गालाल केसी र संगीत बस्याललाई प्रतिनिधिका रुपमा छनौट गरिएको छ ।
बैठकमा केन्द्रीय उपाध्यक्ष शर्माले प्रलेशसको ११औँ अधिवेशनको तयारीका बारेमा जानकारी गराएका थिए । उनले नेपालका ५५ भन्दा धेरै जिल्लाबाट प्रतिनिधिहरुले अधिवेशनमा सहभागिता जनाउने र नेपालका सात प्रदेशमध्ये प्रदेश नम्बर ५ का सबै जिल्लामा प्रलेसका कमिटीहरु क्रियाशील रहेको जानकारी दिए ।
बैठकमा प्रलेस प्रदेश नम्बर ५ का अध्यक्ष केशव थापा, सल्लाहकारहरु गिरिराज शर्मा, पुरुषोत्तम खनाल, शरद अधिकारीले लगायतले मन्तव्य व्यक्त गरेका थिए  । बैठकले प्रलेसको केन्द्रीय अधिवेशन सफल पार्नका लागि सक्रियताका साथ लाग्ने निर्णय गरेको सचिव छविलाल कोपिलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *