प्रयोगात्मक विना कम्प्युटरको परीक्षा

मुख्य खबर समाज

सल्यान, ४ चैत । सल्यानमा कम्युटर नै नदेखि विद्यार्थीहरु कम्युटर बिषयको परीक्षा दिन बाध्य भएका छन् । सबै विद्यालयमा आकर्षक विषयका रुपमा कम्प्युटर विषय पढाइ भए पनि कम्युटर नदेखेका विद्यार्थीले परीक्षा दिन बाध्य भएका हुन् ।
पछिल्लो समयमा बजारका विद्यालयले आकर्षक विषयका रुपमा कम्प्युटर विषय पठनपाठनलाई प्राथमिकतामा राखे   पनि ग्रामीण क्षेत्रका विद्यालयले पनि सिको गरेपछि विद्यार्थी कम्प्युटर विषयको पढे पनि कम्युटर नै देख्नबाट बञ्चित भएका हुन् ।
सल्यानमा कक्षा ६ देखि ८ सम्म पढाइ हुने एक सय ५० बढी विद्यालय रहेका छन् । जिल्लाका मावि तहमा कम्प्युटर भए पनि आधारभूत विद्यालयमा कम्युटरको ब्यवस्था नै छैन । ती विद्यालयहरुले कम्प्युटर बिना पठनपाठन गरिरहेका छन् ।
विद्यालयहरुले मातृभाषा, स्थानीय विषय तथा संस्कृत विषयमा पनि पाठ्यपुस्तक तयार पारेर पढाउने ब्यवस्था गरिएको भए पनि जिल्ला तहमा सबै विद्यालयहरुले पछिल्लो समयमा कम्प्युटर विषय पढाउने प्रचलन बढेको छ । जसले गर्दा सबै विद्यालयमा प्रयोगात्मक विना कम्प्युटर विषयको विद्यार्थीले परीक्षा दिन बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *