Wednesday, March 27, 2024
Homeसम्पादकीयप्रयास स्रहानीय

प्रयास स्रहानीय

- Advertisement -spot_img

नेपाल संस्कृत विश्वविद्यालयले कर्मचारी र शिक्षकलाई विश्वविद्यालयको नीतिमा राख्न प्रयास गरेको छ । २०४१ सालमा संस्कृतको अध्ययन थलोको रुपमा स्थापना भएको विश्वविद्यालय विभिन्न कारण उस्कन सकेको छैन ।
योगी नरहरिनाथको देन र स्थानीय मजगैयाँ परिवारहरुको जग्गा दानले पूर्णता भएको विश्वविद्यालय असहजमै सञ्चालन भइरहेको छ । आफ्नै सम्पत्ति राम्रोसँग उपभोग पनि गर्न नसकिरहेको बेलामा नेपाल संस्कृत विश्वविद्यालयलमा छोटो समयका लागि नियुक्त भएका उपकुलपतिले विश्वविद्यालय सुधार्ने प्रयास गर्नुले सह्रानीय कार्य मानिएको छ ।
विश्वविद्यालयमा जागीर गर्ने र जागीरको थलो बनाउने शिक्षक कर्मचारीलाई जिम्मेवार बनाउन उपकुलपतिको सह्रानीय कदमले विश्वविद्यालय सुध्रिने विश्वास पलाउनु स्वभाविक छ ।
विश्वविद्यालयमा आवद्ध कर्मचारी र अध्यापकहरु अर्काे निकायबाट पनि आर्थिक लाभ लिने काममा रोग लगाउने प्रयास गरिनु राम्रो छ । यो कार्य विश्वविद्यालयको हितमा नै देखिन्छ । यसको सह्रानीय पात्र उपकुलपति नै हुन् ।
नेपाल संस्कृत विशवविद्यालयमा धेरै समस्या रहेका छन् । स्थापना कालदेखि नै राजनीतिक अखडाको रुपमा विश्वविद्यालयलाई उपयोग गरिदै आइएको तितो सत्य हो । नेतृत्वमा राजनीतिकरकण, कर्मचारी भर्नामा राजनीति र आफन्तको भर्ती केन्द्र बन्दै आएको विश्वविद्यालयलाई जोगाई राख्न र उद्देश्य अनुरुपको कार्य सञ्चालन गर्न अहिलेसम्ममा पदाधिकारीहरु सफल हुन सकेका छैनन् ।
चुनौती र समस्यामध्येको एउटा विषय शिक्षक कर्मचारीलाई तह लगाउनु हो । राजनीतिक, पारिवारीक तथा पदाधिकारी आफन्तको कोटामा जागीर खाएकाहरु नीति नियमभन्दा पनि जागीर खुवाउनेप्रति बढी बफादार बन्छन् नै ।
त्यसमा पनि नियमन गर्ने निकायले नियमन गर्न नसकेमा त झन खुलानै भए । वर्तमान उपकुलपति रमेशप्रसाद ढकालले कर्मचारी, शिक्षकलाई नीतिमा डो¥याउन गरेको प्रयास अति उत्तम छ ।
विश्वविद्यालयको कर्मचारी सर्त नियममावली २०६७ को परिच्छेद १० को नियम ७८ (७) मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न खोज्नुले विश्वविद्यालय विधिमा चलाउने आँट गर्नु हो । यो आँटका उपकुलपतिले कार्यान्वयनमा लैजान सक्नुपर्छ । अनि मात्रै गरेको प्रयासले सफलता पाउने छ ।
नीति, विधि संस्थामा सञ्चालनका आधार हुन् । संस्थामा अट्ने जतिले त्यसको नीति, विधिको पालना गर्नुपर्छ । पालन नगर्नेहरु संस्थाप्रति न त बफादार हुनसक्छन् न त जिम्मेवार नै । संस्कृत विश्वविद्यालयमा यस्तै भएको देखिनु राम्रो हैन ।
विश्वविद्यालयमा कार्यरत ५० प्रतिशत जनशक्ति अर्काे निकायमा जागिरे बनेर बस्ने विश्वविद्यालयलाई बेवास्ता गरेकै देखाउँछ । त्यो राम्रो पक्ष हैन । विश्वविद्यालय कार्य समयमा । यसलाई कडाई गरेर अब विश्वविद्यालयले दोहोरो भूमिकामा रहने र नेतागिरी गरेर अरु ठाउँमा पनि आर्थिक लाभ लिनेहरुलाई नियमभित्र बाँधिन नमानेमा कानुनी उपचार खोज्न पनि पछि पर्नु हुदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here