प्रमुख बनेको मांस आहार

विचार

यतिबेला हाम्रा लागि मासु अति प्रिय, स्वादिष्ट र सेवा सत्कारको परिकार बनेको छ । हामीलाई साथी, भाइसँग रमाउँदा पनि मासु चाहिएको छ । हामीलाई चाडपर्व मान्न र धान्न पनि मासु चाहिएको छ । हामीलाई पर–पाहुनालाई मीठो भोजन तयार पार्न पनि मासु चाहिएको छ ।
हामीलाई विवाह उत्सवमा पनि मासु चाहिएको छ । हामीलाई पास्नी तथा जन्मदिनको अवसरमा पनि मासु चाहिएको छ । मासु हरेक घरपरिवार, छिमेक, समाज र राष्ट्रकै लागि बढी उपयोगी खाद्य परिकार बनिसकेको छ ।
मासुको यसरी उपयोग र उपभोग बढ्दै जाँदा मासुमा पनि अनेकौं व्यापारी चलाखी र चलखेल बढ्न थालेका छन् । मासु प्रत्यक्ष मानव स्वास्थ्यसँग सम्बन्धित हुनाले मासुजन्य पशु, प्राणीको शारीरिक अवस्थादेखि लिएर मासु पसलको व्यवस्थापन, संरचना र काट्ने, बेच्ने प्रक्रियामा पनि खासै ध्यान दिइएको पाइदैन ।
सर्वप्रथम त हामीले आजको पछिल्लो समयमा प्रयोग गर्ने मासु हामी लागि दीघकालिन हिसावले उपयोगी छ वा छैन ? भन्ने नै मुलभूत प्रश्न हो । मासु खादैमा हाम्रो शरीरको मासु बढ्न सक्छ भन्ने केही ग्यारेन्टी छैन ।
त्यस्तै मासु कसैलाई खुवाउँदैमा हाम्रो इज्जत बढ्न सक्छ भन्ने पनि कुनै ग्यारेन्टी छैन । आफ्नो शरीरको मासु बढाउन वा आफ्नो खानदानको इज्जत बढाउन प्रयोग गरिने मासु साँच्चिकै हाम्रा लागि बरदान छ त ? यो नै आजको जटिल र यक्ष प्रश्न हो ।
सर्वप्रथम त मानव प्राणीहरुलाई खाद्य परिकारका आधारमा मांसहारी र साकाहारी भनेर हाम्रो विज्ञान जगत्ले छुट्याएको छ । मासु खाने वा मांसहारी प्राणीको शरीरको बनोट नै भिन्न, फरक र पृथक थैलीमा प्रकृतिले रचना गरेको छ ।
मांसहारी प्राणीको तीखा र धारिला दाँत हुनु, दाह्रा र नङ्ग्रा हुनु, छोटा आन्द्रा हुनु र हिंसक वा आक्रामक शैलीको देखिनु मांसहारीका गुण र विशेषता हन् ।
साकाहारी प्राणीको दाह्रा, नङ्ग्रा नहुनु, सामान्य अवस्थाको देखिनु, लामा–लामा आन्द्रा हुनु, सरल स्वभावको देखिनु साकाहारी प्राणीका गुण र विशेषता हुन् ।
प्रकृतिका प्राणीहरुमध्ये त केही चलचर प्राणीहरु साना र ठूला जातका माछाहरु पनि पर्दछन् भने पंक्षी जगत्मा चील, गिद्ध, काग, गरुढ, बाज आदि जस्ता प्राणीहरु मांस मक्षभित्र पर्दछन् । यी बाहेक स–साना जीवहरु पनि मांसहारीमा पर्न सक्छन् । यी सबै बोहक अन्य प्राणीले मासु खाँदा वा सेवन गर्दा खासै उपयोगी मानिदैन ।
मानव शरीर आफैमा पनि मांसहारी प्राणीका हिसावले सृष्टि नभएकोले यस्तो प्राणीका हिसावले सृष्टि नभएकोले यस्तो प्राणीले मांस आहार गर्दा शारीरिक हिसावले असर अवश्य पुग्न सक्छ ।
मानव शरीर जन्मजात नै आमाको दूधपान गरी आफ्नो शरीरलाई हुर्काउने र बढाउने भएकोल पनि यस्ता प्राणीका आन्द्रा निकै नरम र लामा–लामा पनि हुन्छन् ।
दूग्धपान गरी हुर्किएको शरीर लामा आन्द्रा र चपाउने दाँत पनि तीखा र धारिला नहुने हुनाले यस्तो प्राणीले मासु सेवन गरेता पनि पाचन प्रक्रियामा निकै कठीन र बाधा उत्पन्न गर्न सक्दछ ।
भनिन्छ ‘कुनै पनि मानव शरीरमा पूर्णरुपले मासु पच्नको लागि एक देखि डेढ हप्तासम्म पनि लाग्न सक्दछ । हामीले आज खाएको मासु भोलिपल्ट पचेजस्तो लागे पनि महसुस गरेपनि त्यो सत्य भने होइन हाम्रा आन्द्रा अति नै लामा भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सरे तापनि पूर्णरुपले शरीर बाहिर निष्कासन भइसकेको हुँदैन ।
त्यसैले पनि हाम्रा धार्मिक ग्रन्थहरुले मानव शरीरका लागि मासु बर्जित गरेका छन् । यदि बर्जित हुँदाहुँदै पनि कसैले खाने गरेको छ भने त्यस्ता जनहरु धार्मिक यज्ञमा सरिक हुँदा र धार्मिक यज्ञ सम्पादन गर्दा सात दिन अघिदेखि माछा, मासु नखान भनिएको छ र धार्मिक यज्ञ सम्पन्न गरिसकेपछि पनि सात दिनसम्म मांस आहार नगर्नु भनिएको छ । हामीले हाम्रो शरीर चिनेकै छैनौं । जानेकै छैनौं र थाहा पाएकै छैनौ ।
जसरी भएपनि पेट भर्न सिकेका छौँ, तर हामीले भरेको पेट जो खाद्य पदार्थ वा परिकार हो त्यो हाम्रा लागि उचित थियो वा थिएन ? त्यो हामीलाई थाहै हुँदैन । आफूलाई साकाहारी बनाउनेतिर लाग्ने कोसिस गर्ने थियौँ ।
प्रकृतिले मानव प्राणीलाई साकाहारी बनाएता पनि मानव आफूलाई जबरजस्त तरिकाले मासु खाने बनाइरहेको छ । सकैले मीठो र स्वादिष्ट मानेर सेवन गरिरहेको छ भने कसैले देखासिकीको नाममा मासुलाई सेवन गरिरहेको छ ।
कसैले आफूलाई मासुको सौखिन बनायो भने ऊ सबैभन्दा अब्बल ठहरिने चाहना पनि रहेको देखिन्छ । त्यसैले कतिपयले त भन्ने गर्छन् ‘हाम्रो घरमा त मासुबिनाको भान्छा नै हुँदैन । यतिमात्र होइन कुनै हट्ठा–कट्ठा वा मोटाघाटा मानिसलाई यो ज्यान कसरी लागेको हो ?
भनेर सोध्ने हो भने उत्तर दिने गर्दछन् । ‘यो ज्यान डेली र भात खाएर लाएको ज्यान हो । हाम्रो जस्तो ज्यान बनाउने चाहना छ भने डेली मासु, भात खाने गरे हुन्छ ।’ तर यो भनाई निकै त्रुटीपूर्ण र गल्तीपूर्ण छ । मानव शरीर मोटो र दुब्लो गरी दुई खण्डमा विभक्त छ ।
जो मोटो खण्डको वंशमा पर्दछ । उसले पानीसँग भात खाए पनि ऊ मोटो नै बन्दछ । जो दुब्लो खण्डमा पर्दछ, उसले दिनको दश पटक मासुका चोक्टा चपाए पनि उसको शरीर दुब्लो नै हुने गर्दछ ।
ज्यान लाग्ने मासुले कदापि होइन । हाम्रो शरीर यदि साकाहारी हो भने मांसहारी प्राणीमा हामी कसरी समाहित हुन सक्छौ ? मासु कदापि हाम्रा लागि ठीक, उचित, उपयुक्त र लाभदायक छैन ।

हामीले आफ्नो मन, बचन र कर्मलाई शुद्धिकरण बनाउने अभियानमा आफ्नो शरीरलाई नै शुद्ध पार्न र शुद्ध बनाउन अपरिहार्य छ । शरीर शुद्ध नभएसम्म हामी कहिल्यै सकारात्मक बाटोतर्फ लाग्न र जाग्न सक्दैनौं । मानवले दानवरुपी कर्म गरेर देवरुपी फलको आशा गर्नु त्यति उचित होइन ।

दानरुपी कर्मबाट दानवरुपी फल नै प्राप्त हुने हो । त्यस्तै देवरुपी कर्मबाट देवरुपी फल प्राप्त हुने हो । हामीले कस्तो फल प्राप्त गर्ने ? भन्ने कुरा हाम्रै हातमा निर्भर गर्दछ । आफ्नो शरीर स्वस्थ बनाउनेदेखि लिएर सम्पूर्ण कर्म नै पवित्र र सफल बनाउने अभियानमा हाम्रा आहारले ठूलो भूमिका खेलिरहेको हुन्छ ।


ढिलो वा चाँडो यसले हाम्रो शरीरमा असर गर्छ–गर्छ । हाम्रा सबै कुराहरु स्वास्थ्यवद्र्धक छकि छैन ? हामीले कहिल्यै विचार गर्दैनौं । सबै मानिस आज दिनप्रतिदिन रोग, शोक, भोग र अभावले ग्रसित र त्रसित बन्दैछन् । त्यो सबैको उपज पनि हाम्रो आहारले गर्दा हो । हाम्रो आहारा जस्तो हुन्छ, त्यस्तै सोंच, विचार र चिन्तन, मनन् र भावना पनि हुन्छ ।
हामी सकारात्मक हुन चाहन्छौँ, हामी शान्तिप्रिय हुन चाहन्छौँ । हामी सुखी हुन चाहन्छौँ । हामी सन्तोषी हुन चाहन्छौँ । हामीप्रेमी हुन चाहन्छौँ । हामी कोमल हुन चाहन्छौँ । हामी समृद्धशाली हुन चाहन्छौँ । हामी वैभवशाली हुन चाहन्छौँ ।
हामी सफलताको शिखर चढ्न चाहन्छौँ । तर हिंस्रक बन्न छोड्दैनौ र मांस आहार त्याग्न सक्दैनौँ । हिंस्रक जनावरले सेवन गर्ने खाद्य पदार्थ सेवन गर्दै जाने र सरल बन्न खोज्ने हाम्रो यो अभियान पक्कै पनि पूरा हुन सक्दैन ।
हामीले आफ्नो मन, बचन र कर्मलाई शुद्धिकरण बनाउने अभियानमा आफ्नो शरीरलाई नै शुद्ध पार्न र शुद्ध बनाउन अपरिहार्य छ । शरीर शुद्ध नभएसम्म हामी कहिल्यै सकारात्मक बाटोतर्फ लाग्न र जाग्न सक्दैनौं ।
मानवले दानवरुपी कर्म गरेर देवरुपी फलको आशा गर्नु त्यति उचित होइन । दानरुपी कर्मबाट दानवरुपी फल नै प्राप्त हुने हो । त्यस्तै देवरुपी कर्मबाट देवरुपी फल प्राप्त हुने हो ।
हामीले कस्तो फल प्राप्त गर्ने ? भन्ने कुरा हाम्रै हातमा निर्भर गर्दछ । आफ्नो शरीर स्वस्थ बनाउनेदेखि लिएर सम्पूर्ण कर्म नै पवित्र र सफल बनाउने अभियानमा हाम्रा आहारले ठूलो भूमिका खेलिरहेको हुन्छ ।
हामीले आजको समयमा देखेको र जानेको कुरा के हो ? भन्ने मानिसको जीवन धन्य जब हुन्छ तब उसको भान्छा मासुमा डुब्छ । मासु कहाँबाट आउँछ, मासु कसरी बन्छ ? मासु कसले दिन्छ ? मासु किन स्वादिलो हुन्छ ? मासुमा हामी किन आशक्त छौँ ?
मासु आफैमा के हो ? मासु कुनबेला खाने ? मासु कुनबेला नखाने ? मासु किन खाने ? आदि इत्यादिको उत्तर खोज्यो भने मात्र यसको वास्तविक अर्थ थाहा हुन्छ । मासु बन्न र भन्नको लागि कुनै जीवजन्तु वा पशुपंक्षी भर्नु वा मार्नुपर्दछ कि पर्दैन ?
सबै जीवजन्तुमा हाम्रो जस्तै प्राण हुन्छ कि हुँदैन ? सबैका लागि यो धर्ती प्यारो छ कि छैन ? सबैलाई यो धर्तीमा बाँच्ने अधिकार छ कि छैन ? सबैको आत्म बराबर हो कि होइन ? एउटा प्राणी अर्को प्राणी माथिको रगत र मासुमा कसरी रमाउन सक्छ ?
एउटा प्राणी मरेर टुक्रा–टुक्रा भएर अर्को प्राणीको आहार कसरी बन्न सक्छ ? एकपटक बडो गम्भीर भएर सोचौं त ? के मासु खानु मानवका लागि कल्याण र भलो हो त ?
आजको युग नै यो मासुको युग हो त ? आज हाम्रो इज्जत, प्रतिष्ठा, मान, मर्यादा एउटा मासुको चोक्टामा झुण्डिएको हो त ? के हामीले मासुको सट्टामामा पाउने स्वाद र आनन्द अरु कुनै चिज वा पदार्थमा पाउन सक्दैनौं त ?
हामीले कनि बुझ्न प्रयास गरेनौं । हामीले किन खोज्न प्रयास गरेनौं ? हामीले किन बुझाउन प्रयास गरेनौं । जन्मने वित्तिकै हामीलाई कसले खुवायो मासु ? के यो भन्न सक्ने अवस्था छ । मासु आफैमा सागपात जस्तै टिपेर टिपिने चिज र पदार्थ हो त ?
मासु बनाउनको लागि कुन प्राणीको कसरी हत्या गरिन्छ ? त्यसको लेखाजोखा हामीले कहिले ग¥यौँ । कसैले गरेको देखेर रोक्ने हिम्मत, साहस, बल, तागत त भएर भएन हामी ाफै पनि कसैले तयार पारेरको मासु खान इन्कार गर्न सकेनौं ।
कस्तो विडम्वना ? आज जता हे¥यो त्यतै मासु नै मासुको गन्ध । कुनै पनि चाडपर्व वा शुभ दिन आउनै नहुने ? कुनै प्राणी रमाउनै पर्ने । कुनै प्राणी मर्ने पर्ने ।
कुनै प्राणी काटिनै पर्ने । कुनै प्राणीको रगत र मासुमा होली खेलेर रमाउनै पर्ने । कस्तो हाम्रो विचार हो । मावन अति विकसित अति चेतनशील, अति विवेकशील र अति चिन्तनशील भएर पनि आज यस्तो कुकर्म गर्दैछ । यस्तो कुकर्मले अबको गन्तव्य कस्तो हो ?
के सबै प्राणीको रक्षा गर्नु मानवको धर्म र कर्म होइन ? आफ्नो लागि आफ्नो ज्यान जोगाउन नसक्ने हामी कत्तिको लाचारी भयौँ । हामीले अरुको आत्मा चिन्त, जान्न र बुझ्न सकेनौँ–सकेनौँ ।
आफ्नै पनि शरीर संरचना, चेतना, संवेदना चिन्न, जान्न र बुझ्न सकेनौँ । मानव हुनुको धर्म र कर्म यो अवश्य ठीक र उपयुक्र होइन । त्यसैले मांस आहार गर्नुभन्दा पहिले एकपटक सोचौं, जानौँ, बुझौँ र विचार गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *