सल्यान, २९ जेठ । दार्मा गाउँपालिकाका ६ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी अभिमुखीकरण समापन भएको छ । गाउँपालिकाका सम्पूर्ण वडाहरुमा बेरोजगार फाराम भरेका व्यक्तिहरुलाई अभिमुखीकरण दिइएको दार्मा गाउँपालिकाका रोजगार संयोजककिरण गौतमले जानकारी दिए ।
हरेक वडामा पुगीप्रधानमन्त्री रोजगार कार्यक्रम तथा कामका लागि पारिश्रमिक सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ बारे जानकारी दिइएको उनले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका एवं कार्यविधि बारे बेरोजगार व्यक्तिहरुसँग अन्तरक्रिया समेत गरिएको उनले बताए ।
गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक उद्घाटन आज गर्ने भएको छ । बेरोजगारलाई रोजगार दिने उद्देश्यका साथ यस आर्थिक वर्षमा आएको २९ लाख रुपैयाँबाट सञ्चालन हुने कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना मंगलबार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए ।
गाउँपालिकाका ६ वटा वडामा एक÷एक वटा विभिन्न श्रम प्रधान आयोजना वडाको सिफारिसमा छनौट गरिएको बताउँदै उनले गाउँपालिकामा रहेको बेरोजगारी कमगर्न कार्यक्रम उपलब्धीपूर्ण हुने बताए ।
अभिमुखीकरणकै क्रममा गरिएको अन्तक्र्रियामा बेरोजगार फाराम भरेका व्यक्तिहरुले लक्षित वर्ग समेटिने गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा सुझाव दिँदै उनीहरुले बेरोजगारका नाममा बोलवाला नै हावीहुने भन्दा पनि अतिबिपन्न तथा जीवन निर्वाह गर्न समस्या परेका परिवारमा प्रधानमन्त्री रोजगार कार्यक्रम पुग्नु पर्ने बताएका थिए ।
