प्रदेश स्तरीय नर्सरीको अध्ययन

फिचर समाज

गढवा, २१ जेठ । लमहीमा स्थापना भएको देउखुरी डिभिजन वन कार्यलय गढवामा स्थानान्तरण हुने प्रदेश नं. ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बताएका छन् ।
जिल्लामा हाल स्थापित भएका दुईवटा डिभिजन वन कार्यालयहरुमध्ये देउखुरीको लमहीमा स्थापना भएको देउखुरी डिभिजन वन कार्यालय निकट भविष्यमा गढवामा स्थानान्तरण हुने बताएका हुन् ।
देउखुरीको गढवामा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको लगानीमा सवडिभिजन वन कार्यालय गढवामा निर्माण कार्य पूरा भएको प्रदेशस्तरीय हाइटेग वन नर्सरीको अध्ययन अनुगमन गर्न मंगलवार गढवामा आएका मन्त्री गिरीले यस्तो बताएका हुन् ।
जिल्लामा सबैभन्दा बढी वनक्षेत्र ओगटेको देउखुरी क्षेत्र चोरी तस्करीका हिसावले संवेदनशील नाका क्षेत्रहरु पर्ने भएकोले दक्षिण देउखुरीको केन्द्र गढवामा डिभिजन कार्यालय रहनु उचित हुने बताए ।
गढवाका सामाजिक अभियान्ता र स्थानीवासीहरुले पटक–पटक सवडिभिजन वन कार्यालय गढवामा आवश्यक रहेको माग राखेको कुरा आफूलाई ताजा स्मरण भएको र प्रयास पनि गरेको बताए ।
तर संघीय सरकारले पहिले नै लमहीका लागि निर्णय गरिसकेकोले उक्त निर्णय बदल्न नसकिएको उनले बताए ।  । संघ र प्रदेशका ऐनहरु बनिसकेपछि भौगोलिक संवेदनशीलताको हिसाबले पनि स्थानीयहरुको माग बमोजिम उक्त कार्यालय दक्षिण देउखुरीमा आउने कुरामा मन्त्री गिरीले विश्वास दिलाए ।
दक्षिण देउखुरी क्षेत्रमा ९३ वटा सामुदायिक वन समूहहरु रहेको र पश्चिम राजपुरको अड्बरुवादेखि गढवाको भौरीसालसम्म २८ बढी नाकाहरु नेपाल भारत सीमासँग जोडिएका छन्, ति स्थानहरु स्वभावैले काठ तस्करी तथा वन्यजन्तु चोरी निकासीका लागि संवेदनशील क्षेत्रका रुपमा रहका छन् ।
यस्तै गढवाको बजार बीचमा रहेका सरकारी जग्गाहरुमा औद्योगिक क्षेत्रको विकास गर्न आवश्यक रहेको र त्यसमा वन मन्त्रालयको ध्यान जानुपर्ने गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले बताए ।
संवेदनशील चुरे क्षेत्रको संरक्षणका लागि वन मन्त्रालयको ध्यान जानुपर्ने र देउखुरीमा उत्पादन हुने लोपोन्मुख अवस्थामा पुगेका बहुमुल्य प्रजातिका काठ बिजयसाल र सतिसाल संरक्षणको आवश्यकता रहेको अनौपचारिक कार्यक्रममा उपस्थित स्थानीयहरुले मन्त्री गिरीसँग अनुरोध गरे ।
मन्त्री गिरीसँगै प्रदेश नं. ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, देउखुरी वन डिभिजन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ता, सवडिभिजन वन कार्यालय गढवाका प्रमुख शिवकुमार महतो,
संरक्षण अभियान्ता उमाकान्त पन्त, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य रामप्रसाद गैरे, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, वन महासंघ गढवाका अध्यक्ष नवराज शर्मा र ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख गिरिराज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *