- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरप्रदेश सरकारले सामुदायिक क्याम्पसलाई सहयोग गर्ने

प्रदेश सरकारले सामुदायिक क्याम्पसलाई सहयोग गर्ने

- Advertisement -spot_img

देउखुरी, २४ चैत । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले समुदायस्तरबाट सञ्चालन भएका क्याम्पसलाई सरकारले सहयोग गर्ने बताएका छन् । यस्ता क्याम्पसहरु चन्दा र विद्यार्थीको शुल्कमा मात्रै भर पर्नु नपर्ने भन्दै प्रदेश सरकारले सामुदायिक क्याम्पसलाई सहयोग गर्ने नीति ल्याएको बताए ।
देउखुरी बहुमुखी क्याम्पसको १४औँ साधारणसा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै मन्त्री बरालले सामुदायिक क्याम्पसमा निम्न वर्गका विद्यार्थीलेहरुले अध्ययन गर्ने भएकाले पनि सामुदायिक क्याम्पसको जिम्मा प्रदेश सरकारले ल्याउन आवश्यक रहेको बताए ।
बरालले हुने खानेका छोराछोरीले पढ्न पाउने र निम्न आय भएकाले पढ्न नपाउने व्यवस्थाको अन्त्य गर्दै सरकारले सबैलाई उच्च शिक्षाको पहुँचमा ल्याउने गरी काम गरिहेको बताए ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद मेटमणि चौधरीले आफ्नो प्राथमिकतामा शिक्षा क्षेत्र रहेको भन्दै संसद विकास कोषको रकम सोही क्षेत्रमा खर्च गरेको जानकारी दिए । शिक्षा क्षेत्रमा राजनीति गर्न नहुने भन्दै राजनीतिकरणले शिक्षा क्षेत्र नै धरासायी हुने चौधरीले तर्क गरेका छन्  ।
त्यस्तै सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ५ का शिक्षा शाखा निर्देशक जीतबहादुर शाहले एक बर्षभित्र प्रदेशस्तरीय विश्वविद्यालय बन्ने जानकारी दिए । प्रदेश नम्बर ५ का सामुदायिक क्याम्पसमा विज्ञान सङ्कायका कक्षा सञ्चालन नभएको स्मरण गराउँदै शाहले जनशक्ति अनुकूलभन्दा समाजमा आवश्यक जनशक्ति अनुरुपको शिक्षा प्रदान गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रदेश सदस्य रेवतीरमण शर्मा, इन्द्रजीत चौधरी, दामा शर्मा, सरस्वती गौतमले जनप्रतिनिधिको रुपमा आफूहरुले क्याम्पसको शैक्षिक तथा भौतिक विकासको लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रश्मीराज शर्मा कंगालीको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विमबहादुर केसी, नेपाल विद्यार्थी संघका सुमन कालाथोकी, लमही नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदी, सामुदायिक विद्यालयको तर्फबाट टोपाराम भट्टराई, ऐरावती बहुमुखी क्याम्पसका क्याम्पसका प्रमुख विष्णु भुसाल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
क्याम्पस प्रमुख शेरबहादुर गिरीले शैक्षिक प्रतिवेदन, कोषाध्यक्ष गणेशुकमार चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सञ्चालक समितिका उपाध्यक्ष तिलक न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख विनोद भट्टराईले ब्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here