गगन थापा दाङ आउने

मुख्य खबर

तुलसीपुर, २३ बैशाख । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापा दाङ आउने भएका छन् । प्रजातान्त्रिक उद्योगी व्यवासायी संघ तुलसीपुरको आयोजनामा पश्चिम दाङमा हुने बृहत सभालाई सम्बोधन गर्न थापा दाङ आउन लागेको संघले जनाएको छ ।
सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व सिंचाई मन्त्री दिपक गिरी पनि आउने कार्यक्रम रहेको संघका महासचिव झलक केसीले जानकारी दिए ।
संघको आयोजनामा पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँमा हुन लागेको नव वर्ष २०७६ शुभकामना आदानप्रदान तथा बृहत सभालाई सम्बोधन गर्न केन्द्रीय नेता तथा कलाकारहरु यही बैशाख २८ गते दाङ आउने संघका महासचिव केसीले जानकारी दिए ।
त्यसैबीच संघका उपाध्यक्ष तथा पार्टी तथा संघ समन्वय उपसमितिका संयोजक बलिराम केसीको अध्यक्षतामा वडा अध्यक्षहरुसँग छलफल भएको छ ।
छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका साविक वडा सभापतिहरु सहभागिता रहेको थिए । कार्यक्रममा आयोजित कार्यक्रमलाई भव्य र सभ्य गराउन सम्पूर्ण नेता कार्यकर्ता, भातृ संघ संगठन, शुभेच्छुक, उद्योगी व्यवसायी, तथा कार्यकर्ताहरुलाई उपस्थिति गराउने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *