दृष्टिविहीनहरुलाई सहायक सामग्री

फिचर मुख्य खबर समाज

मसुरीया (दाङ), २० भदौ । राप्ती गाउँपालिकाले दृष्टिबिहीनहरुको आवासको क्षेत्रमा सहज होस् भनि आदर्श नमुना माध्यमिक विद्यालयको प्राथमिक विद्यालयका दृष्टिविहीन बाल बालिकाको लागि सहयोगी सामग्रीको रुपमा १५ सेट ओड्ने ओछ्याउने विस्तारा प्रदान गरेको छ । राप्ती गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेको दृष्टिविहीन आवासमा १३ जना बालबालिका बसोबास गरिरहेको र राप्ती गाउँपालिकाले दृष्टिबिहीन बालबालिकाका लागि ओढ्ने ओछ्याउने विस्तारा प्रदान गरेकोमा अब दृष्टिविहीन बालबालिकालाई केही मात्रामा सहज हुने शिक्षक लोकमणि ज्ञवालीले जानकारी दिए । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती गाउँपालिका सदैव लक्षित वर्ग तथा आम नागरिकको साथमै रहेको र आगामी दिनमा पनि गाउँपालिकाले आदर्श नमुना माध्यमिक विद्यालयको प्राथमिक विद्यालयका दृष्टिविहीनहरुको लागि थप सहयोगको कार्यक्रम ल्याउने बताए । ओढ्ने ओछ्याउने हस्तान्तरण कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, लेखापाल रेशमराज अधिकारी तथा आदर्श नमुना माध्यमिक विद्यालयको प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकशिक्षिका तथा दृष्टिविहीन बाल बालिकाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *