- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरप्रदेशस्तरीय बक्सिङको च्याम्पियन

प्रदेशस्तरीय बक्सिङको च्याम्पियन

- Advertisement -spot_img

तुलसीपुर, २३ फागुन । दाङ जिल्ला प्रदेश नम्बर ५ स्तरीय बक्सिङ छनोट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ ।
सुदुरपश्चिमको महेन्द्रनगर कञ्चनपुरमा फागुन १९ देखि २२ गतेसम्म सञ्चालित प्रतियोगितामा दाङ ७ स्वर्ण, ४ रजत पदक हात पार्दै प्रदेश नम्बर ५ को च्याम्पियन बन्न सफल भएको हो ।
प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये ६ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा हावी बनेको दाङका तर्फबाट पुरुष ४९ केजीमा सुरज वली, ७५ केजीमा गणेश विक र ८१ केजी तौल समूहमा केशर खत्रीले प्रथम स्थान प्राप्त गर्दै प्रदेश नम्बर ५ को छनोटमा पर्न सफल भए ।
त्यस्तै महिला ५१ केजीमा विमला थापा, ५४ केजीमा शुष्मा पुनमगर, ५७ केजीमा लक्ष्मी घर्ती र ६४ केजीमा माया चौधरीले प्रथम स्थान प्राप्त गर्दै प्रदेश नम्बर ५ स्तरीय महिला बक्सिङको छनोटमा पर्न सफल भए । त्यसैगरी पुरुष ५६ केजीमा दाङका चन्द्रज्योती थापा र ६९ केजी तौल समूहमा विकास रानाले द्वितीय भए । त्यस्तै महिला वक्सिङको ४८ केजीमा दाङकी जानकी थापा द्वितीय स्थान हात पार्न सफल भएको बक्सिङ सहायक प्रशिक्षक राजु थापाले जानकारी दिए ।

दाङ डिसिएल क्रिकेट लिगदोस्रो संस्करण स्थगित

यसैबीच दाङ क्रिकेटको विकास गर्नको लागि दाङमा पहिलो पटक फ्रेन्चाईज लिगको अवधारणामा सञ्चालन भएको दाङ क्रिकेट लिग ‘डिसिएल’को दोस्रो संस्करण केही समयको लागि स्थगित गरिएको छ । दंगाली युथ क्लवको आयोजनामा दाङ क्रिकेट लिग ‘डिसिएल’को दोस्रो संस्करण यही २०७५ चैतको पहिलो सातादेखि सञ्चालन हुने भनिए पनि अहिले दाङमा क्रिकेट मैदानको पूर्वाधार विस्तारको साथै संरचना निर्माणका कामहरु भइरहेको हुँदा मैदानको समस्या भएकोले खेल स्थगित गरिएको दंगाली युथ क्लवका कोषाध्यक्ष सुजित शर्माले जानकारी दिए ।
साथै खेल मैदानको मर्मत सकिएपश्चात् दाङ क्रिकेट लिग ‘डिसिएल’को दोस्रो संस्करण सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधी जित्ने टिमले नगद रु ८० हजार, ‘डिसिएल’को ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने शर्माले जानकारी गराए ।बक्यौता राख्ने र अर्कोसँग माल किन्ने गरिरहेको पाइएको छ । संघले कुनै निर्माण व्यवसायीले एकातिर बाँकी राखेर अर्कोतिर माल लग्ने काम गरिरहेको भए संघमा जानकारी गराउन पनि आग्रह गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here