प्रदेशको ब्यवस्थापनमा एसईई परीक्षा

फिचर मुख्य खबर

घोराही, ७ चैत । यस वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइई प्रदेशको ब्यवस्थापनमा हुने भएको छ । चैत दश गतेदेखि शुरु हुने एसइई परीक्षा पहिलो पटक सातवटै प्रदेशको ब्यवस्थापनमा नेपाल अधिराज्यभरी हुन लागेको हो । प्रदेशको ब्यवस्थापनमा हुन लागेको पहिलो एसईई परीक्षाको प्रश्नपत्र पनि प्रदेश अनुसार कै हुने छ । तर प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परिक्षणको काम भने पूर्ववत अवस्थामै केन्द्रले गर्नेछ ।
संघीय संरचना अनुसार सातवटै प्रदेशले आ–आफ्नो कार्ययोजना अनुसार एसईई परीक्षाको ब्यवस्थापन गर्दै छन् । विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एसएलसीलाई ब्यवस्थापन गरेर एसईई परीक्षाको सुरुवात गरिएसँगै यसको महङ्खवमा समेत कम हुँदै गएको थियो । यही अवस्थामा राष्ट्रिय परीक्षाको रुपमा रहेको एसईई प्रदेश मातहतमा ल्याउन लागिएको छ ।

नेपालभर एउटै प्रश्नको जवाफ दिनुपर्ने विद्यार्थीहरुले प्रदेशस्तरीय छुट्टाछुट्टै प्रश्नपत्रको उत्तर दिने छन् ।

एसईईको तयारी सम्बन्धित प्रदेश सरकारले नै गर्दैछ । नेपालभर एउटै प्रश्नको जवाफ दिनुपर्ने विद्यार्थीहरुले प्रदेशस्तरीय छुट्टाछुट्टै प्रश्नपत्रको उत्तर दिने छन् । प्रदेशस्तरीय परीक्षा सञ्चालन गर्नको लागि प्रदेश नम्बर ५ ले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । प्रदेशका १२ वटै जिल्लामा आवश्यक पर्ने उत्तरपुस्तिका, बजेटलगायतका आवश्यक सामाग्रीहरु समेत पठाइसकेको छ । विगतका वर्षहरुमा उत्तरपुस्तिका, बजेटलगायतका आवश्यक सामाग्री केन्द्रले पठाउँदै आएको थियो ।
दाङमा पनि एसईईको परीक्षा स्थानीय सरकार अनुसार नै हुने भएको छ । जिल्ला परीक्षा समन्वय समितिले स्थानीय सरकार अनुसार नै एसईईको परीक्षाको तयारी भएको जनाएको छ । दाङको राजपुर गाउँपालिका बाहेकका अन्य स्थानीय तहमा स्थानीय सरकार अनुसार नै भएको जिल्ला परीक्षा समन्वय समितिका सूचना अधिकारी देवमणि चौधरीले बताएका छन् ।
‘भौगोलिक दृष्टिकोणका कारण त्यहाँ स्थानीय सरकार अनुसार हुन सकेको छैन्’ जिल्ला परीक्षा समन्वय समितिका सूचना अधिकारी चौधरीले भने ‘अन्य बाँकी स्थानीय तह अनुसार नै छन् ।’ वितगको वर्षहरुमा जिल्लामा ४३ वटा मात्रै परीक्षा केन्द्र तोकेको थियो । यो वर्षदेखि ४४ वटा परीक्षा केन्द्र तोकिएका छन् । यो वर्ष शुभप्रभात माविमा एसईई परीक्षा केन्द्र थप गरिएको छ ।
गत वर्षको एसईई परीक्षामा कम ग्रेड ल्याएका विद्यार्थीहरुले गे्रड सुधार्नको लागि छुट्टै परीक्षा केन्द्र तोकिएको सूचना अधिकारी चौधरीले बताए । खुल्ला शिक्षाअन्तर्गत विद्यार्थीहरुले माध्यमिक विद्यालय तुलसीपुर सेन्टरवाट परिक्षा दिने भएका छन । जसअन्तर्गत दुई सय ८ जना विद्यार्थीले परिक्षा दिदैछन । जसमा एक सय १५ जना छात्र र ९३ जना छात्राहरु रहेका छन ।
प्राविधिक धारतर्फका विद्यार्थीका लागि घोराहीको दीपशिखा आवासीय माध्यामिक विद्यालयलाई सेन्टर तोकिएको छ । जिल्लामा प्राविधिक धारतर्फ पढाई हुने सात वटा विद्यालयहरु रहेका छन । जसमा दुई सय ७३ जना विद्यार्थीहरु रहेकाका छन । चौधरीका अनुसार प्राविधिक धारतर्फ एक सय ४५ छात्र र एक सय २८ जना छात्राहरु रहेकाछन । यो वर्ष एसईई परिक्षाको पुरानो ग्रेड सुधार्नको लागि १ सय २४ जना छात्र छात्राहरुले फारम भरेका छन् ।
जिल्लाभरका एसईईको पुरानो ग्रेड सुधार्नको लागि शुभप्रभात मावीमा तोकिएको उनले बताए । जिल्लामा एसईई परिक्षाको लागि ३८ वटा समुदायिक विद्यालय तथा ६ वटा निजी विद्यालय तोकीएकोे जिल्ला शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ । सवै विद्यार्थीलाई पायक पर्ने र सुरक्षाका दृष्टिले उपयुक्त रहेका विद्यालयहरुमा समितिले परीक्षा केन्द्र तोकिएको हो ।
एसईई परीक्षा सञ्चालनको लागि ४४ वटा परीक्षा केन्द्र अध्यक्ष तोकिएको छ भने १ सय ४४ वटा सहायक केन्द्राध्यक्ष तोकिएको समितिले जनाएको छ । त्यस्तै ६० जना परीक्षा निरीक्षक, ५ सय ६४ जना सहायक कर्मचारी, १ सय १३ जना सहयोगी तोकिएको छ । यस वर्ष जिल्लामा ११ हजार ४ सय ६४ जना छात्रछात्राहरुले एसईईको परीक्षा दिन लागेका छन् । जसमा छात्रा ६ हजार एक सय १७ र छात्र ५ हजार ३ सय ४७ जना रहेका छन् । गत वर्ष ११ हजार ९ सय ९३ जना सहभागी भएका थिए ।
जिल्लामा ९१ सामुदायिक विद्यालय र ९२ निजी विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुन थालेका छन् । एसईई परीक्षा यसबर्ष यही चैत्र १० गतेदेखि २२ गतेसम्म सञ्चालन हुँदैछ । विद्यालयमा आवश्यक पर्ने उत्तरपुस्तिका लगायतका सामाग्रीहरु सम्बन्धित विद्यालयमा पठाईसकेको समितिले जनाएको छ । प्रदेश नम्बर ५ का शिक्षा विकास निर्देशनालयका प्रमुख तथा निर्देशक जीतबहादुर शाहले परीक्षाको ब्यवस्थापन प्रदेशले गरेको भए पनि परीक्षाको जिम्मेवारी केन्द्रमै रहेको बताए ।
उनले प्रश्नपत्र छपाईदेखि उत्तरपुस्तिका परीक्षण केन्द्रबाटै हुने भएको तर प्रदेशमा समन्वय भएको उल्लेख गरे । एसईई परीक्षाको लागि प्रश्न र उत्तरपुस्तिका परिक्षण केन्द्रले गर्ने भएको भए पनि आर्थिक र अन्य ब्यवस्थापन प्रदेशले गरेको उनले बताए । प्रदेश नम्बर अनुसार प्रश्न निर्माण गरिएको र त्यहि अनुसार ब्यवस्थापन पनि गरिएको शाहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *