प्रथम वडा अध्यक्ष कप सुरू

खेलकुद फिचर मुख्य खबर

तुलसीपुर, २५ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरू भएको छ । वडा कार्यालयको आयोजनामा मंगलबारदेखि सुकिदहमा भलिबल प्रतियोगिता सुरू भएको हो । वडा अध्यक्ष बालकृष्ण रानाले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका हुन् ।
वडामा खेलकुदको विकास गर्नका लागि प्रथम वडा अध्यक्ष कपको आयोजना गरिएको अध्यक्ष रानाले बताए । सुकिदह महोत्सवलाई मध्यनजर गदै वडा अध्यक्ष कप पनि आयोजना गरिएको उनले बताए ।
महोत्सव मंसिर २६ गते सुकिदहमा हुँदैछ । यसैबीच भलिबल प्रतियोगिताको पहिलो दिन पाँचवटा खेल भएको छ । जसमा ठूलाचौर सामुदायिक वन उपभोक्ता समूह मात्रै क्वाटर फाईनलमा प्रवेश गरेको भलिबल खेलकुद उपसमितिका संयोजक राजेश विकले जानकारी दिए ।
पहिलो खेलमा खर्जुवा रानी सामुदायिक वन समूह र न्याउली सामुदायिक वन समूहबीच प्रतिस्पर्धा भएको थियो । जसमा न्याउली सामुदायिक वन समूहले खर्जुवा रानी सामुदायिक वन समूहलाई पराजित गरेको खेल रेफ्रि रेवन्त रानाले जानकारी दिए ।
यस्तै दोस्रो खेलमा गादीबराह सामुदायिक वन समूहले जरायो टाकुरा सामुदायिक वन समूहलाई पराजित गरेको छ । तेस्रो खेलमा ठूलाचौर सामुदायिक वन समूहले जनश्रम माध्यमिक विद्यालय खाद्रेलाई पराजित गरेको छ । चौथो खेलमा गुरू जजुर माध्यमिक विद्यालयले मुलपानी सामुदायिक वन समूह पराजित गरेको छ ।
यस्तैगरी पाँचौ खेलमा ठूलाचौर सामुदायिक वन समूहले कालिका मालिका सामुदायिक वन समूहलाई पराजित गरेको रेफ्रि रानाले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन हुने भलिवल प्रतियोगितामा आज पाँच खेल हुने भएका छन् । वडाअन्तर्गत रहेका ९ वटा सामुदायिक बन समूह र दुई वडामा रहेका माध्यमिक विद्यालय गरी जम्मा ११ टिमले प्रतियोगितामा भाग लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *