प्रतिष्ठानले मनायो भानुजयन्ती

मुख्य खबर

तुलसीपुर, ३० असार । नेपाली भाषीहरुले २०६औं भानुजयन्ती विभिन्न कार्यक्रमका साथ आइतबार मनाएका छन् । भानु जयन्तीकै अवसर पारेर नेपालमा पनि देश भित्र र बाहिर रहेका साहित्यिक संस्थाहरुको जमघटमा भानुभक्तको कृतित्व र व्यक्तित्वका आयामलाई समेटेर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
भानुजयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन पत्रमार्फत् सम्मान गरिएको छ ।
यसैबीच दाङमा भानुभक्त आचार्यको २०६औँ जन्मजयन्ती मनाइएको छ । दाङ साहित्य तथा प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरेर भानु जयन्ती मनाएको हो ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको अध्यक्षता तथा पुरस्कार संस्थापक तथा पूर्व अध्यक्ष भुवनेश्वर आचार्यको प्रमुख आतिथ्यतामा भएको भएको हो । कार्यक्रममा विभिन्न साहित्यकारहरुले आफ्नो साहित्यिक रचना वाचन गर्दै आचार्यले नेपाली साहित्यमा गरेको योगदान महत्वपूर्ण भएको बताएका थिए ।
कार्यक्रममा वृद्ध सेवा समिति तथा जेष्ठ नागरिक सेवा समिति तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी, साहित्यकार नवराज रजौरे, ललित वली, पूर्व प्राचार्य विष्णुप्रसाद आचार्य, छविकिरण वली, श्रीधर शर्मा, अमृता शर्मा, लक्ष्मी देवकोटा, पे्रमराज पाण्डे, संगीता उपाध्यायलगायतले कविता वाचन गरेका थिए । प्रतिष्ठानका सदस्य श्रीधर शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रेमराज पाण्डेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *