प्रतिष्ठानमा विभाजन

सम्पादकीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले सकस छ । प्रतिष्ठान स्थापनाका लागि सबैको एउटै मत थियो । जतिबेला प्रतिष्ठानको आव्श्यकता पनि सबै राजनीतिक दलसहितका विभिन्न पक्षले देखेका थिए । सबैको बलले स्थापनँ गरिएको र भएको प्रतिष्ठान अहिले धलमलिएको छ ।
बजाउ अभियानको नाममा गरिएको आन्दोलनसँगै अहिले राजनीतिक विभाजन पनि बजारमा प्रष्टरुपमा देखिन थालेको छ । आन्दोलनकै कारण सबै क्षेत्र विभाजित देखिएका छन् । कस्को के स्वार्थ हुन्छ त्यहि अनुसार आफ्नो तर्कसमेत सबैबाट हुन थालेको छ ।
प्रतिष्ठानसँग जोडिएको विषयमा भइरहेको आन्दोलनले प्रतिष्ठान मात्रै हैन राजनीतिक दल, राप्तीबासी नागरिक समाज, व्यवसायी, पत्रकारहरुमा फरक–फरक मत सार्वजनिक भइरहेको छ । प्रतिष्ठानलाई यसले कता लैजाने हो । भन्ने विषयमा भने कसैले पनि सोचेको देखिदैन । सबै आफ्नो स्वार्थ पूरा गर्न नै लागेका छन् ।
दाङ स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मुख्यत अस्पताल नै हो । स्थापना भएको दुई वर्ष नपुग्दै यसका पटक–पटक विवाद सिर्जना भइरहेको छ ।
आन्दोलन र विरोधका कारण सञ्चालन राम्ररी हुनै नसक्दा राजनीतिक र ब्यक्ति स्वार्थका कारण आन्दोलन गरि प्रतिष्ठान धरापमा पर्दैछ । जुन उद्देश्यले स्थापना भएको संस्था हो । त्यसले आफ्नो उद्देश्य पूरा गर्नुपर्छ ।
भने राज्यले र सरोकारवाला, स्थानीय सबैले त्यो वातावरण पनि निर्माण गरिदिनुपर्छ । सेवाप्रवाहको विषयमा पूर्णता दिन नसकेपछि स्थानीय जनतामा असन्तोष उत्पन्न हुनु र त्यसको समाधानका लागि उनीहरूले आवाज उठाउनु सामान्य मान्नुपर्छ यस्तोका अनुचित मानिनु हुँदैन । तर, सरोकार देखाउने नाममा राजनीतिकरण हुनु राम्रो हैन ।
सत्तारुढ दलका सांसद्ले संसदमै बोल्नु, सत्तारुढ दलका कार्यकर्ता प्रतिष्ठानमा तालाबन्दी गर्ने र पदाधिकारीलाई हातपात गर्नेजस्ता कार्य कदापि पनि राम्रो हुन सक्दैन भने विपक्षहरु त्यसको विरोधमै पूर्णरुपमा लाग्नुले पनि प्रतिष्ठानको विषयमा दलीय विभाजन देखिएको छ । पत्रकारहरुसमेत विभाजित हुने अवस्था आएको छ । महासंघको भूमिकाका विषयलाई लिएर यो पनि राम्रो संकेत हैन ।
प्रतिष्ठान दाङको प्रतिष्ठा हो । यसलाई बचाई राख्न सबै लाग्नैपर्छ । एकजना कोहि ब्यक्तिको रिसले संस्थालाई नै डुबाउने खेल चालिनु राम्रो हैन । आफ्नो स्वार्थ पूरा भएन भनेर आन्दोलनको योजना बनाउने र हिंसात्मक घटनासम्म पु¥याउनु आन्दोलनरत पक्षलाई पनि राम्रो गर्दैन होला । त्यसर्थ सबै पक्ष, दल जसरी स्थापनामा एक थिए अबको निकास र प्रष्ठिानको रक्षाका लागि पनि एक हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *