प्रतिष्ठानमा पोषण गृह सञ्चालन

फिचर मुख्य खबर

घोराही, २५ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोषण गृह सञ्चालनमा ल्याएको छ । राप्ती उपक्षेत्रीय अस्पतालले लामो समय सञ्चालन गरेको पोषण गृह प्रतिष्ठान स्थापना भएपछि घोराहीमा सञ्चालन भएको पोषण गृह बन्द गरिएको थियो ।
एक महिनादेखि प्रतिष्ठानले बन्द भएको पोषण गृह ओपीडी भवनमा सञ्चालनमा ल्याएको जनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा दिईरहेको भवनको दोस्रो तलामा पोषण गृहको लागि एउटा कोठा छुट्याइएको छ ।
दशवटा वेडको लागि स्वीकृति पाएको र एउटा बेड पोषण गृहले नै एक बेड थप गरी ११ वटा बेड रहेको पोषण गृह पुनः स्थापना हुँदा प्रतिष्ठानले छवटा मात्र बेड सञ्चालनमा ल्याएको छ ।
बच्चालाई निःशुल्क उपचारसँगै एकजना अभिभावकलाई निःशुल्क खाना र बस्नको लागि समेत व्यवस्था गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । गृहमा एकजना बालरोग विशेषज्ञको पनि व्यवस्था गरिएको छ ।
२०७० साल फागुन २३ देखि पोषण पुनस्र्थापना गृह छुट्टै भवनमा सञ्चालनमा थियो । हाल त्यो भवन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारीहरुको क्वाटरको रुपमा प्रयोग गरिएको छ । अहिले प्रतिष्ठानको ओपिडी भवनमा पुनस्र्थापना गृह सञ्चालनमा आए पनि व्यवस्थित हुन सकिरहेको छैन् ।
कुपोषित बालबालिकालाई पौष्टिक खाना खुवाउनको लागि पकाउने भान्सा कोठा छैनन् । जसले गर्दा समस्या भएको छ । पहिलेको पोषण पुनस्र्थापना गृह हाल प्रतिष्ठानको कर्मचारी बसेको क्वाटरमा नै पकाउने गरिएको छ ।
उपचारमा रहेका बालबालिकाहरुको लागि खेल्ने स्थान छैन । पहिलेको पोषण गृहमा कुपोषित बालबालिकाहरुले भरिभराउ हुन्थ्यो । हाल पोषण गृहमा एकजना बालकको मात्र उपचार भईरहेको छ । प्रतिष्ठानमा कार्यालय सहयोगी पोषण तयार बनाएर खुवाउने गरेकी छन् ।
प्रतिष्ठानका न्युट्रिसियन अफिसर मदन पाण्डेको सल्लाहबमोजिम पोषण तयार पार्ने गरेको प्रतिष्ठानकी कार्यालय सहयोगी मिना घर्तीले बताइन् ।

पहिलेको पोषण गृहमा कुपोषित बालबालिकाहरुले भरिभराउ हुन्थ्यो । हाल पोषण गृहमा एकजना बालकको मात्र उपचार भईरहेको छ ।

‘डा पाण्डे सरको सल्लाह अनुसार नै पौष्टिक खाना बनाउने गर्छु’ कार्यालय सहयोगी घर्तीले भनिन् ‘भान्सा र पोषण गृह नजिक भए सहज हुन्थ्यो । कुपोषित बालबालिकाहरुलाई पोषण खुवाउनको लागि तालिम प्राप्त नर्स अथवा कर्मचारीको आवश्यक पर्छ ।
प्रतिष्ठानले त्यो व्यवस्थापन गर्न सकिरहेको छैन् । हाल उपचार भईरहेको बालक अति श्रिघ कुपोषण भएको प्रतिष्ठानका न्युट्रिसियन अफिसर पाण्डेयले बताए । पाण्डेको निगरानीमा नै उनको उपचार भईरहेको छ ।
प्रतिष्ठान हस्तान्तरण हुँदा नै पोषण गृहको बारेमा नकारात्मक सन्देश प्रवाह हुँदा हाल कुपोषित बालबालिका नआएको उनले बताए । ‘शुरुमा नै नकरात्मक समाचारहरु प्रवाह भयो, पोषण गृह नै बन्द भयो जस्ता समाचारहरु आए’ उनले भने ‘त्यसैका कारण गृहमा कुपोषित बालबालिका आएका छैनन् ।’ पोषण गृहलाई स्तरोन्नती र व्यवस्थापन गर्नका लागि छलफल भईरहेको उनले बताए ।
छोरालाई पखाला लागेर उपचार गराउन जाँदा डाक्टरले नै कुपोषणको बिरामी भएको बताएपछि डाक्टरको सल्लाह अनुसार नै प्रतिष्ठानमा ल्याएको लक्ष्मीपुरकी निर्मला सुनारले बताइन् ।
प्रष्ठिानको पोषण गृहमा ल्याएपछि केही सुधार भएको उनले बताईन् । ‘पहिले केही खादैनथ्यो, ख्याउटे थियो’ उनले भनिन् ‘कुपोषण भएको भन्ने नै थाहा थिएन् ।’
अहिले छोराको क्रमिक सुधार हुँदै आएको देखेर खुशी छिन् । ‘कुपोषण भएको बच्चालाई खानाको राम्रो हेरविचार गर्न नसक्दा निरास बनेकी सुनार अहिले छोराको उपचार निःशुल्क रुपमा भईरहदा निकै नै खुशी छिन् ।
कुपोषण भएको एकजना बच्चालाई एक महिनासम्म निःशुल्क उपचार गरिने न्युट्रिसियन पाण्डेले बताए । कुपोषित बालबालिकाहरुको लागि पौष्टिक खाना मिलाएर खुवाउने र तौलमा विशेष ध्यान दिने उनले बताए ।
धेरैजसो ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई कुपोषण हुने गरेको उनले बताए । ‘पौष्टिक तङ्खवको कमि भयो वा बढी भयो भने पनि कुपोषण रोग लाग्ने गर्छ’ उनले भने ।
तर धेरैजसोमा पौष्टिक तङ्खवको कमिकै कारण कुपोषण रोग लागेका बिरामीहरु आउने गरेको उनको भनाइ छ । पौष्टिक तङ्खवको कमिको साथसाथै, टाउकामा पानी जमेको छ भने, बच्चालाई क्षयरोग लागेको छ भने र मुटुको बिरामी छ भने पनि कुपोषण रोग देखिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *