Saturday, April 20, 2024
Homeमुख्य खबरप्रतिष्ठानमा धर्ना

प्रतिष्ठानमा धर्ना

- Advertisement -spot_img

घोराही, २७ मंसिर । साविकको राप्ती उपक्षेत्रीय अस्पतालमा विकास समितिबाट नियुक्त भएका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । आफूहरुको सेवालाई प्रतिष्ठानमा सुनिश्चित गर्नुपर्ने माग गर्दै ६० जना बढी कर्मचारीहरु आन्दोलनमा उत्रिदै प्रतिष्ठानको प्रशासनिक कार्यालयमा धर्ना दिएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐनमा विकास समितिका कर्मचारीहरु स्वतः प्रतिष्ठानको मातहतमा आउने भनिए पनि प्रतिष्ठानले ल्याउन आनाकानी गरेको भन्दै उनीहरुले धर्ना दिएका हुन् । प्रतिष्ठानले भने प्रकृया अनुसारै कर्मचारीहरुको म्याद थप गरिएको जनाएको छ ।
तर प्रतिष्ठानले केही महिनाका लागि म्याद थपेर प्रतिष्ठान मातहत ल्याएको भनि सेवाबाट विस्थापित गर्ने योजना बनाएको भन्दै कर्मचारीहरुले सेवाको सुनिश्चितता गर्न माग गर्दै धर्ना दिएका हुन् । साविकको विकास समितिका कर्मचारीहरुले ६ महिनादेखि तलब समेत पाएका छैनन् । केही दिन पहिले प्रतिष्ठानले विकास समितिका कर्मचारीहरुलाई आगामी पुस मसान्तसम्मको म्याद थप गरी नियुक्ती पत्र दिने तयारी गरेपछि कर्मचारीहरुले सो पत्र बुझ्न मानेका छैनन् । प्रतिष्ठानले आफै नियुक्त गरेका सहनिर्देशकदेखि अन्य ४२ जना कर्मचारीलाई भने दुई महिनाको तलब खुवाईसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here