- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरप्रतिबन्धपछि सुरक्षा सतर्कता

प्रतिबन्धपछि सुरक्षा सतर्कता

- Advertisement -spot_img
दाङ, ३० फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधिलाई प्रतिबन्ध लगाए लगत्तै गृह मन्त्रालयले दाङसहित देशभर सुरक्षा सर्तकता र निगरानी बढाएको छ । उक्त समूहको अपराधिक गतिविधि नियन्त्रण र जनतामा सुरक्षाको अनुभूत गराउन देशैभर सुरक्षा सर्तकता उच्च पारिएको मन्त्रालयले जनाएको छ ।
चन्द नेतृत्वको नेकपासँगै अन्य समूहबाट पनि हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न निगरानी बढाईएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । मुख्यगरी सुरक्षा संवेदनशील मानिएका क्षेत्र र यस्ता समूहका लक्षित स्थानहरुको विश्लेषण गरी सुरक्षा ब्यवस्था चुस्त पारिएको सुवेदीको भनाइ छ ।
अपराधमा संलग्न जो सुकैलाई पनि कानुनी कारवाहीको दायरामा ल्याउने भन्दै प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले स्थानीय तहदेखि नै
सुरक्षा व्यवस्था उच्च पारेको बताए । यसैबीच सरकारले नेकपा विप्लव समूह अपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ ।
मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले अपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here