तुलसीपुर, २६ बैशाख ।
आपतकालीन अवस्थामा घाइते वा बिरामीको अवस्थालाई थप बिग्रन नदिने उद्देश्यका साथ तुलसीपुरमा बुधबारदेखि प्राथमिक उपचार तालिम सुरु भएको छ । सधै आपतकालीन अवस्थामा परीचालन भैरहने दाङ जिल्लाभित्रका एम्बुलेन्स चालक, दमकल चालक, ट्राफिक प्रहरी, तुलसीपुर विमान स्थलमा रहेको नेपाली सेना र विभिन्न क्षेत्रमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि प्राथमिक उपचार तालिम सुरु भएको हो । तालिममा २४ जना सहभागीहरुको सहभागिता
रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङद्वारा सञ्चालन भएको आपतकालीन स्वास्थ्य सेवा प्रतिकार्य क्षमता अभिबृद्धि ९ज्ग्द्य० कार्यक्रमको आयोजनामा तालिम सुरु भएको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यको सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको तालिम तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम अधिकृत अंशु ढकालले जानकारी दिएकी छन् ।
कार्यक्रममा सहभागी वक्ताहरुले विभिन्न दुर्घटनामा मानिसहरु घाइते हुने हुँदा तालिममा सहभागी व्यक्तिहरु नै सबैभन्दा नजिक हुने भएकोले उनीहरु नै प्रथम उद्धारकर्तासँगै प्रथम उपचारकर्तासमेत बन्ने भएकोले तालिमको प्रभावकारिता हुनेमा जोड दिएका थिए । उनीहरुले कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामाग्रीको प्रयोग गरी प्राथमिक उपचारकर्ताले घाइतेहरुको उपचार गर्न सक्नेसंगै दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था बिग्रिन नदिन चिकित्सकको पहुँचमा पु¥याउन सफल हुने हुँदा यो तालिम प्रभावकारी बन्नेमा मद्दत पुग्ने उनीहरुले बताएका थिए । तीन दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकहरुमा प्रकाश श्रीबन्द, खेमराज विश्वकर्मा, फनेन्द्रराज शर्मा र शुस्मा भण्डारी रहेका छन् ।