- Advertisement -spot_img
Friday, April 16, 2021
Homeसमाजप्रज्ञा तथा महिला मण्डल गठन

प्रज्ञा तथा महिला मण्डल गठन

- Advertisement -spot_img

तुलसीपुर, १६ जेठ । तुलसीपुर उपमहानगरपालिका–७ बम्नैमा गायत्री परिवारको प्रज्ञा मण्डल र महिला मण्डल गठन गरिएको छ  । मुक्तिप्रसाद मण्डलको अध्यक्षतामा ११ सदस्यीय प्रज्ञा मण्डल गठन भएको छ ।
मण्डलको कोषाध्यक्षमा प्रेम न्यौपाने सचिवमा बालाराम पोख्रेल चयन भएका छन् । मण्डलको सदस्यहरुमा शंखु चौधरी, राष्ट्रियप्रसाद डाँगी, टिकाराम नेपाली, बसन्ती चौधरीलगायतका रहेका छन् ।
त्यस्तै माया भट्टराईको अध्यक्षतामा सात सदस्यीय महिला मण्डल गठन गरिएको छ । महिला मण्डलको कोषाध्यक्षमा जानकी पार्धे, सचिवमा सम्झना चौधरी चयन भएका छन् । मण्डलको सदस्यहरुमा निरा चौधरी, फगनी चौधरी लगायतका रहेका छन् ।
गायत्री परिवारले धर्म, संस्कृतिको संरक्षण गर्दै जातीय विभेद, कुरीति उन्मुलनका लागि काम गर्दै आएको श्रीराम दहितले बताए । मण्डली गठन कार्यक्रममा श्रीमद्भागवत् सेवा समिति दाङका खुमानन्द ज्ञवाली, गायत्री परिवारका श्रीराम दहितले लगायतले गायत्री साधन सबै जातजाति र समुदायको भएको बताए ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला शिव मन्दिरमा एक कुण्डीय गायत्री यज्ञ भएको छ । जेठ १९ गते एकादशीका दिन विशेष पर्वलाई प्रचारप्रसार गर्न यज्ञ कुण्डीय गायत्री मन्त्र गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here