घोराही, १४ फागुन । प्रजातान्त्रिक विचार समाज दाङको दोस्रो जिल्ला अधिवेशन फागुन १८ गते घोराहीमा हुने भएको छ । प्रजातान्त्रिक विचार समाज दाङका अध्यक्ष किशोर पोख्रेलको अध्यक्षता एवं प्रदेश नम्बर ५ का संयोजक शंकर दिवस मजगैयाँको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । अधिवेशनलाई सम्बोधन गर्न प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदार नरसिंह केसी र राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल आउने प्रजातान्त्रिक विचार समाज दाङका अध्यक्ष किशोर पोख्रेलले जानकारी दिए ।