प्रजातान्त्रिक उद्यमी संघको बैठक

मुख्य खबर

तुलसीपुर, ६ बैशाख । प्रजातान्त्रिक उद्यमी संघ तुलसीपुरको बैठक बिहीबार तुलसीपुरमा बसेको छ । संघका अध्यक्ष जनकप्रसाद खरालको अध्यक्षतामा बसेको बैठकले संघले बैशाख ७ गते शनिबारका दिन पश्चिम दाङको श्रीगाउँमा गर्ने भनिएको बृहत् कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम बैशाख २१ गतेभित्र गर्ने निर्णय गरेको छ ।
कार्यक्रमको लागि तयारी नपुगेको भन्दै केही दिन कार्यक्रमलाई पछि सारिएको संघका महासचिव झलक केसीले बताए । बैठकले १४ देखि २१ गतेको बीचमा कार्यक्रम गर्ने र सोही अवसरमा संघले प्रकाशन गरेको नयाँ वर्षको क्यालेन्डरसमेत विमोचन गर्ने निर्णय गरेको छ । बैठकले संघको प्रेस सल्लाहकारमा पत्रकार गोपाल शर्मा भट्टराई राख्ने निर्णय गरेको महासचिव केसीले बताए ।
बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरुले ब्यवसायीहरुको हकहितका लागि संघ सक्रिय भएर लाग्नुपर्ने बताएका थिए । उनीहरुको व्यवसायीक एकताका लागि पदाधिकारीहरु लाग्नु पर्ने बताए । बैठकमा सल्लाहकार यमकान्त भण्डारी, संघका उपाध्यक्ष बलिराम केसी, कोषाध्यक्ष अमरराज लामिछाने, सदस्य दिपेश भण्डारी, कमल गौतम, मदन धिताल, टिका घर्तीलगायतले भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण महासचिव झलक केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *