- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeराजनीतिप्रक्ष प्रतिपक्ष जुहारी

प्रक्ष प्रतिपक्ष जुहारी

- Advertisement -spot_img

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष खड्गप्रसाद ओली दुई तिहाईका साथ सरकारमा विराजमान छन । तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले बीचको पार्टी एकीकरणबाट बनेको नेकपा संसद्मा अहिले बहुमत छ । त्यसको नेतृत्व ओलीले गरिरहेका छन् । कम्युनिष्ट पार्टीको बहुमतको त्यो पनि शक्तिशाली सरकारका रुपमा बनेको अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले भने सडक आन्दोलन थालेको छ । पक्ष र प्रतिपक्ष बीच अहिले जुहारीजस्तै छ । सरकारले जनहित विपरीत संविधान मिच्दै आफ्ना कामहरुलाई तिव्रता दिएको आरोप लगाउँदै काँग्रेसले सडकलाई आधार बनाएर आन्दोलन थालेको छ । सरकारले भने आफ्नो बचाऊ गर्दै आएको देखिन्छ । ओली सरकारको विपक्षमा काँग्रेस आक्रामक हुँदा अहिले सडक आन्दोलनले चर्काइएको छ ।
सरकारका गतिविधि र काम कारबाहीमा प्रतिपक्ष शुरुदेखि नै असन्तुष्ट देखिदै आएको थियो । विगतको काँग्रेस नेतृत्वको देउवा सरकारले गरेका नियुक्तिको खारेजी गर्ने निर्णयले प्रतिपक्ष काँग्रेसलाई बढी आक्रामक बनाउन उद्दत गरेको पाइन्छ । त्यसपछि प्रतिपक्ष काँग्रेसले आफ्नो आक्रामक शैली सदन हुँदै सडकसम्म ल्याई पु¥याएको छ । काँग्रेससँगै केही अन्य साना दलहरु पनि सरकारको गतिविधिको विरोधमा आक्रामक भएको देखिन्छ । संसद्मा डा. गोविन्द केसीको आमरण अनसनको मुद्दालाई लिएर तातिएको काँग्रेस पछिल्लो समय संविधानका खिलाप सरकारी गतिविधि बढेको र जनताको अहितमा विभिन्न कार्यक्रम गरिरहेको आरोप लगाउँदै सडक तताउन सुरु गरेको छ । संसद्को आन्दोलन जारी राखेको प्रतिपक्षले सडक पनि आन्दोलनमय बनाउने रणनीति सार्वजनिक गरेर पहिलो सडक आन्दोलनको कार्यक्रम ७७ जिल्लामा गरिसकेको छ । काँग्रेसले वर्तमान सरकारले गलत प्रविधि र गतिविधिहरुका कारण आम नागरिकलाई सास्ती बढाएको आरोप सरकालाई थुपार्दै आएको छ । सरकारी कार्यको विरोधमा सदनमा विरोध र सडकमा विरोध सुरु गर्नुले प्रतिपक्षमा आक्रामकता बढेको देखिएको छ । प्रधानमन्त्री र सत्तापक्ष नेताहरुले आन्दोलनमा गएको प्रतिपक्षलाई आन्दोलनप्रतिको कटाक्ष बढाइरहेका छन् । यसले झन आन्दोलन चर्काउने वातावरण बनेको देखिन्छ । काँग्रेसले आन्दोलन चर्काउनुले देशको हितमा हुन्छ या अहितमा रहन्छ त्यो अहिले नै भन्न सक्ने अवस्था छैन । पाँच वर्षसम्मको प्रतिपक्ष काँग्रेसले आफ्ना मुद्दाहरु सडकबाटै स्थापित गराउने दाउमा रहेको छ । सरकारलाई आन्दोलनमार्फत गलाएर आफ्ना नीतिहरुलाई स्थापित गर्ने दाउमा प्रतिपक्ष रहेको छ भने आन्दोलनलाई सडकमै तुहाउने दाउमा सत्तापक्ष देखिन्छ । दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले संविधानको बर्खिलाप गर्दै लोकतन्त्रको मर्म विपरीत कार्य गर्नु हुँदैन । केही निर्णय र गतिविधिमा आफ्ना क्रियाकलाप अघि बढाईरहेको काँग्रेसले आरोप लगाएको छ । आन्दोलन निकास हैन । देश र जनताका लागि हित पनि छैन । राजनीतिक समस्याको विकास आन्दोलनबाट हैन छलफल र संवादबाट निकालिनु पर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here