प्रकोपको जोखिम धेरै

मुख्य खबर समाज

घोराही, २८ असोज । मानवीय क्रियाकलापकै कारण नेपालमा प्राकृतिक प्रकोप बढ्दै गएको छ । जंगल फडानी, खोला मिचेर बस्ती बसाउने, पहाडलाई जथाभावी भत्काउने, अध्ययनबिना सडकहरू खन्ने र खेतीयोग्य जमिन मास्नेजस्ता कारण प्राकृतिक प्रकोप बढ्दै गएको देखिएको हो ।
प्रकोप निम्त्याउने गरी हुने मानवीय क्रियाकलापको नियन्त्रणमा सरकार कमजोर देखिएको छ । दाङसहित देशभरमा ४५ वर्षको अन्तरालमा विपद्का कारण ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
७५ हजार घाइते भएका गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष औषतमा पाँच सयभन्दा बढी विपद्का घटना हुने गरेका छन् । नेपालमा करिब ३० लाख नागरिक विपद्बाट प्रभावित हुँदा पनि नियन्त्रणका लागि पर्याप्त पहल हुन सकेको छैन् ।
नेपालमा पहाडी भागमा पहिरो र भू–क्षयको जोखिम छ भने तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागी र महामारीको जोखिम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *