- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरप्रकृतिको कुचिकार गिद्ध

प्रकृतिको कुचिकार गिद्ध

- Advertisement -spot_img

नै समय तपाई हाम्रो गाउँ टोलमा सयौँको संख्यामा सहजै देख्न सकिन्थ्यो गिद्ध । तर हिजोआज गिद्धले सिनो लुछाचुँडी गर्दै गरेका दृश्य कमै देखिने गरेका छन् । पशुमा सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशु उपचारकै क्रममा वा सात दिनभित्र मरेमा डाइक्लोफेनेकको विषाक्तपन पशुको सिनोखाने गिद्धको शरीरमा मासुसँगै सर्दछ । जसले रगतमा युरिक एसिडको मात्रा बढाई गिद्धको मृगौलाले ‘युरिक एसिड’ छान्न सक्दैन ।
फलस्वरुप गिद्ध केही दिनमै मर्छ । घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेकका कारण गिद्धको संख्या घट्दै जान थालेपछि पशु उपचारमा प्रयोग हुने औषधी डाइक्लोफेनेको नेपाल सरकारले बिक्री वितरणमा रोक लगाई सकेको छ । पशु उपचारका लागि त्यसको विकल्पमा गिद्ध तथा चराचुरुङ्गीलाई असर नगर्ने मेलोक्सिक्यामको उत्पादन तथा प्रयोगमा ल्याएको छ । हजारौँको संख्यामा रहेको गिद्ध पछिल्लो समय घट्दै जान थालेपछि संरक्षणको प्रयास थालिएको छ । प्रकृतिको कुचिकार गिद्धको संरक्षण हुन थालेपछि पर्यावरणीय संरक्षणमा ठूलो सहयोग पुगेको पंक्षीविद् बताउँछन् ।
 

दाङमा गिद्धको अवस्था

विश्वमा २३ प्रजातिका गिद्ध छन् भने नेपालका ९ प्रजातीका गिद्ध रहेका छन् । दाङमा ७ प्रजातीका गिद्ध पाइन्छन् । जिल्लामा खैरो गिद्ध, डंगर, सानो खैरो, सुन गिद्ध, सेतो गिद्ध, राजगिद्ध, लामो ठँुडे गिद्ध पाइने गरेका छन् । जिल्लामा अहिले करिब ८० वटा गिद्धका गुँड रहेको नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले बताए ।
उनका अनुसार जिल्लामा पछिल्लो समय गिद्धको संख्या बढ्न थालेका छन् । गिद्धको रामपुर, शान्तिगर, हापुर बिजौरी, गोबरडिहा लगायतका ठाउँमा गिद्धको बास स्थान रहेको उनले बताए । गिद्धको संख्या उल्लेख्य रुपमा बढ्न नसकेपनि पछिल्लो समय यसको संरक्षण थालेपछि गिद्धका गुँडहरु बढ्दै गएका छन्–उनले भने । गिद्धहरु अग्ला र बलिया चट्टानहरुमा बसोबास गर्ने गरेको पाइन्छ । दाङमा स्थानीय समुदाय, स्थानीय सरकारलगायत विभिन्न संघसंस्था प्रकृतिको कूचिकार गिद्धको संरक्षणमा लागेका छन् ।

संरक्षणका लागि गिद्ध रेष्टुरेण्ट

दाङमा गिद्ध संरक्षणका लागि हाल दुईवटा गिद्ध रेष्टुरेण्ट सञ्चालनमा रहेका छन् । गिद्धको बासस्थान र जनघनत्व बढी भएका बासस्थानलाई पहिचान गरेर दाङको बिजौरी र लालमटियामा गिद्ध रेष्टुरेण्ट सञ्चालनमा रहेको नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले बताए । समुदायस्तरबाट सञ्चालनमा रहेका गिद्ध रेष्टुरेण्टमा प्राकृतिक रुपमा मरेका जनावरलाई गिद्धको आहारा दिने गरिन्छ । आहाराका लागि आउने गिद्धलाई हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकोले स्थानीय समुदायको जीवनस्तरमा पनि परिवर्तन आएको छ । गिद्धले औषत तीन दिनमा एक केजी सिनो खाने पंक्षीविद् बताउँछन् । एउटा गिद्धले मात्र पनि एक वर्षमा १२० केजी सिनोको खपत गर्ने पंक्षी संरक्षण अधिकृत नेपालीले बताए ।

गिद्धको संरक्षण किन गर्ने ?

गिद्ध नभएमा प्रकृतिमा सिनो सड्दै जान्छ, जसका कारण वातावरणीय प्रदूषण बढ्दै जाँदा मानवीय स्वास्थ्यमा ठूलो घातक रोगहरु सर्नसक्ने सम्भावना हुन्छ । गिद्ध मांसहारी प्राणी भएपनि आफैले सिकार नगर्ने बौद्धिक प्राणीको रुपमा पनि चिनिन्छ । गिद्धको पर्यावरणीयसँगै धार्मिक र साँस्कृतिक महत्व पनि छ । हिन्दूधर्ममा गिद्धलाई शनि देवताको बहानको रुपमा पनि लिइन्छ । मांशाहारी तर आफै सिकार नगर्ने पंक्षीको रुपमा रहेको गिद्धले प्रकृतिमा आफै मरेका जनावरको सिनो खाएर प्राकृतिक पर्यावरणीय र वातावरणीय प्रदूषणलाई कम गराउने गरेको छ । जसका कारण गिद्धलाई प्रकृतिको कुचिकार भन्ने गरिन्छ । हुन त प्रकृतिमा बाँच्न पाउने सबै पंक्षीको अधिकार हुन्छ तर गिद्धले झन् पर्यावरणीय चक्र, खाद्य श्रृंखला सन्तुलनका हिसाबले गिद्धको संरक्षण पनि आवश्यक मानिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावणले सीतालाई हरण गरी लंका लैजाँदा उनलाई जोगाउन गिद्धले अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । जसका कारण पनि गिद्ध प्रकृतिको संरक्षणसँगै धर्मसँग पनि जोडिएको छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदायले आफन्तको शव गिद्धलाई खुवाउँछन र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रुपमा पुज्ने गरेको पाइन्छ । दाङबाट सुरु गरिएको गिद्ध संरक्षण अभियान हालसम्म ४६ जिल्लामा पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here