- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरप्रकाण्डलाई दाङ ल्याइयो

प्रकाण्डलाई दाङ ल्याइयो

- Advertisement -spot_img

घोराही, २३ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई शुक्रबार दाङ ल्याइएको छ । बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरे लगत्तै उनलाई पुनः पक्राउ गरी दाङ पठाइएको हो । ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा भोजपुर जिल्ला अदालतले रिहा गरेको थियो । निर्वाचनको बेला दाङको तुलसीपुरमा भएको बम बिष्फोटको घटनामा जोडेर प्रकाण्डलाई दाङ ल्याइएको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गरी तुलसीपुरमा फालिएको बम बिष्फोट एकजना म्यादी प्रहरीको ज्यान गएको थियो । तुलसीपुरमा निर्वाचनको बेला म्यादी प्रहरीको ज्यान जाने गरी भएको बिष्फोटको मुद्दा प्रकाण्डलाई लगाइने प्रहरीले जनाएको छ । प्रकाण्डबाटै फेला परेको बैठकको माइन्यूटमा शेरबहादुर देउलाई लक्षित गरी गरिएको ‘जनकारवाही’मा म्यादीको दुर्घटनाबस ज्यान गएको उल्लेख भएको प्रहरीको दाबी छ । दाङको बम बिस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १२ का म्यादी प्रहरी २३ वर्षीय विनोद चौधरी मृत्यु भएको थियो । विश्वकर्मालाई शुक्रबार जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । श्वकर्माविरुद्ध आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको दाङ प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिए । भोजपुरबाट तीन दिन लगाएर उनलाई दाङ ल्याइएको हो । दाङमा प्रकाण्डले संक्षिप्त प्रतिक्रिया दिदै अदालतको फैसला कार्यान्वयन नगरेर राज्यले संविधानको उल्लङ्घन गरेको बताए । आफूलाई प्रहरी नियन्त्रणमा राखिनुले मानवअधिकार र संविधान उल्लङ्घन भएको उनले उल्लेख गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here