- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeविचारप्यूठानको ऐतिहासिक पृष्ठभूमि र वर्तमान

प्यूठानको ऐतिहासिक पृष्ठभूमि र वर्तमान

- Advertisement -spot_img

नेपालका वर्तमान ७७ जिल्ला मध्य प्यूठान जिल्ला राप्ती अञ्चलकै एउटा ऐतिहासिक पृष्ठभूमि बोकेको जिल्ला हो । प्यूठान जिल्लाका धार्मिक, बौद्धिक, आर्थिक, शैक्षिक र राजनैतिक क्षेत्रमा समेत अडिलो जिल्ला हो ।
वर्तमान नेपालमा चर्चित बाम बुद्धिजीविहरु मध्य अधिकांशको निकटतम सम्बन्ध प्यूठान जिल्लासँग जोडिएको छ । समय–समयमा नयाँ विचार, नयाँ परिवर्तन गर्न, गराउनमा बलिदानी, नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।
प्यूठान जिल्ला धार्मिक क्षेत्रमा विश्वकै मान्यता प्राप्त प्रसिद्ध स्थल स्वर्गद्वारी, महाप्रभुको तपस्वी स्थल भएको कारण पनि प्यूठान जिल्लाको परिचय झनै ओजिलो छ । त्यहाँको संस्कृति, उर्वरा जमिन, खोलानाला, वनजंगल, पहाड, पर्वत, रहनसहन,
भेषभूषाबाट पनि परिचयको ऐतिहासिक झझल्को दिने गर्दछ । प्यूठान जिल्लाको भौगोलिक बनावट पनि बिचित्रकै मानिन्छ । किनभने अनि सुगम मैदानी भाग पनि त्यही छ ।
अति दुर्गम, विकट भू–भाग पनि त्यही छ । नदीनालामध्ये नामै धर्मावती प्यूठानबासीलाई जीवन धान्नको लागि सिंचाई लगायत अन्य आवश्यक काममा धेरै प्रयोगमा आएको नदी धर्मावती हो । त्यसमा दुईवटा ठूला नदी मिसिएको छ ।
ती दुबै नदीको मुहानदेखि अन्त्यसम्म क्षति व्यहोर्नु परेको खोला जसलाई माडिखोला भनेर सम्बोधन गरिन्छ । यस्ता प्रकारको सुख दुःखको नदी, खोला पनि प्यूठान मै पाईन्छन् ।
चाडपर्व, मेला पर्वको तुलनामा महिनौं, हप्तौं मेला लाग्ने, देख्दा डरलाग्दो तर अति ठूलो मिलन, इतिहासको ठूलो इतिहास बोकेको सराय नाच, भैने नाच, माडिखोले भाकाको दोहोरी साँझ, मगर गुरुङ जातिको पैजरु, सिङ्गारु नाच, ब्राह्मण क्षेत्री जातिको भजनकिर्तनको खानी भएको अति रसिलो, रमाईलो, स्वच्छ हावापानी लगायत प्राकृतिक सम्पदाको धनी मानिने जिल्ला प्यूठान हो ।
त्यहाँको बस्तीहरुको आ–आफ्नो एतिहासिक पृष्ठभूमि छ । जसमध्ये प्यूठान जिल्लाको सदरमुकाम खलंगादेखि अन्दाजी ३०÷३२ किलोमीटर उत्तरतर्फ, सामुन्द्रीक सतहदेखि १८ हजार फिट अग्लो स्थानमा रहेको साविकको फोप्ली गाविस का (१/२) दुईवटा वडाबाट लुप्लुङ गाउँले
परिचित धनञ्जय गोत्री भण्डारी समाज करिब २५ लाखको ढुकढुकीसँग नाता गाँसेको छ । यस्तो प्रकारको ऐतिहासिक पृष्ठभूमि कसरी आयो र वर्तमानको अवस्था कस्तो देखिन्छ ?
आजभन्दा हजारौं हजार वर्ष अगाडि वर्तमान जुम्ला जिल्लाको सिन्जा राज्य नेपालकै ऐतिहासिक स्थल हो । नेपालका सयौं जातजातिको नामाकरण पनि कर्णाली प्रदेशका विभिन्न भूगोलबाटै भएको पाईन्छ ।
जस्तैः वर्तमान दैलेख जिल्लाका केही भू–भागबाट मानव जातिको थर कायम भएको पाईन्छ । जसमध्ये (रिजाल ) दैलेखको (रिजु) भन्ने स्थानमा अन्य (धितालका) धिमाल, धमला थरका मानिस बसोबास गर्दै जाँदा ती थर जाति मध्यका (धमला) थरका मानिसको थर परिवर्तन भै
(रिजुमा) बस्ने रिजाल कायम भयो । त्यहाँबाट जाजरकोट बस्ती गए तिनै रिजाल बस्ने भूगोल पनि साबिक जाजरकोटको पैक गाविसमा पर्ने एउटा गाउको नामै रिजापाहाडा बन्यो ।
रिजालहरुको नजिकै रोकाय पहाड छ । यी दुबै जाति अति मिलनसार जाति बनेका छन् । ती दुबै जाति रुकुमको स्याला गोताम बस्ती सर्दा त्यहाँको भूगोल पनि रिजालहरूको बस्ती रिजाल गाउँबाट परिचित भयो ।
त्यहाँबाट पनि बस्ती सर्ने क्रममा चारभाइ रिजालका पूर्खामध्ये तीन भाइ प्यूठानको वर्तमान माँचकोट माइला, साइला रोल्पाको जलजलामा जेठा र कान्छा वर्तमान लुप्लुङदेखि अझ माथिको ३ हजार फिट अग्लो लेक ओखरवोट झुलेनीमा पहिलो बस्ती बस्दा वर्तमान लुप्लुङ अति घना
जंगल, सिमैसिम जलथल अति उर्वराजमिन, भित्रीकोट राजाको विर्ताभित्र पर्ने (लुकका पाताल नामले परिचित) भूगोल धनञ्जय गोत्रीय भण्डारी समाजका पूर्खाहरु धनु र मनुले राजालाई ईमान्दारिता, मेहनत, कर्तव्य, निष्ठताबाट विजय हाँसिल गरी सम्मानजनक तरिकाबाट लुप्लुङको चार किल्ला विर्ता पाएको इतिहास छ ।
चार किल्ला बिर्ता पाएपछि मात्र लुकका पातलबाट लुप्लुङको नामाकरण भएको हो । यसको चार किल्लामध्य लुप्लुङको पूर्वमा लुङखोला, उत्तरमा लिस्नी, कुखुरे, गौडा, भौने, रौकेको पाखा, उत्तरमा फोप्ली, दक्षिणमा जुम्लीधारा, घाय, खलीगाउँ हुँदै सेरासम्मको भू–लुप्लुङको भण्डारीहरुले मान्ने परम्पराअन्तर्गत पर्ने देव भूमि हुन् ।

भू–माफियाहरुले भूमिमाथि अत्याचार गर्न पाईदैन, नेपालीको घर आँगनबाट चुनढुङ्गा दिएर विदेशकै मुल्यमा सिमेन्ट किन्नुपर्छ । भू–माफियाले लुट्ने मात्र हो । नेपाली जनतालाई दुःख पीडा, सजाय, मानसिक यातना दिने मात्र हो । ढिलो चाँडो लुप्लुङ मात्र नभई सिङ्गो नेपाली भूमि, प्राकृतिक सम्पदा बचाउन, सिङ्गो नेपालले अग्रणी भूमिका खेलौँ । दुई चार पैसाको लोभमा प्रकृतिको दोहन, उत्खनन् गर्नबाट बचाऊ । हामी सत्ताधारी र विद्रोही झगडिया पक्ष विपक्षको रुपमा होइन । 

यो भूमिभित्र मकै, जौ, कोदो, भट्ट, फाफर प्रशस्त भिमल, कुटिमरो, खर्सु, बाँझ, कटौज, सल्ला, ओखर, चाप, सालका बोटबिरुवा पशुपालनतर्फ प्रशस्त मात्रामा गाई, भैंसी, भेडाबाख्रा पाल्ने, प्रशस्त दूध, दही, मासु पर्याप्त पाईने, अति रसिलो स्वच्छ हावापानी भएको, अहिले पनि ५/७ सय कुरियाले एउटै स्थानमा प्यूठानकै प्रसिद्ध लुङ, लुप्लुङको दिवाली भनेर मान्यता प्राप्त भएको चिसो हावापानी, गौमुखी धारा,
चिसोमा तातो, तातोमा चिसो पानीको मूल, मुहान भएको, लुप्लुङ झ्वाट्ट हेर्दा पर्यटनस्थल, देवभूमिको स्थल, देशी, विदेशीहरुको लागि आनन्द लिने धार्मिकस्थल मध्य कति कम नहुने प्राृकतिक सम्पदाले भरिपूर्ण स्थलको रुपमा पाईन्छ ।
हालै भण्डारी समाजले केन्द्र स्थापना गरी धनञ्जय गोत्रीय भण्डारी समाजको उद्गम स्थलको रुपमा घोषणा गरेर ऐतिहासिक देश, विदेशबाट समेत आर्थिक,
भौतिक, नैतिक रुपमा मान्यता दिईसकेको र पूर्खाहरु प्रथम पटक बास बसी केही समय गृहस्थ जीवन बिताएको भूगोल लुप्लुङदेखि उत्तरतर्फ करिब ३ हजार फिट माथिको ओखरबोट झुलेनीलाई पर्यटन क्षेत्र, देवभुमीको क्षेत्र, पूर्खाको स्थलको रुपमा दैशकै प्रसिद्धस्थल निर्माण गर्नमा सिङ्गो समाजको ध्यान पुगेको छ ।
अर्कोतर्फ यत्ति ठूलो मुल्य मान्यता बोकेको स्थानभित्र नेपालको नाम प्राकृतिक देन, प्राकृतिक सम्पदामाथि गिद्धे दृष्टि लगाउने, पृथ्वीको भू–बनोटमाथि नै खलल पु¥याउने, नेपाली ईमान्दार, मेहनती, इमान्दारीताको फाइदा उठाउन चाहने देशी, विदेशी तत्वहरुले कहाँ–कहाँ के प्रकृतिको दोहन गर्न पाइन्छ भन्ने शिलशिलामा लुप्लुङको हावा पानी विचार गरे,
त्यहाँका उत्पादन वस्तु खाएर विचार गरे, त्यहाँको भूगोलको बनावट, आन्तरिक, भित्री रुपमा कसैलाई थाहा नुहने गरी अनुसन्धान गरे, भौगर्भिक विज्ञ त्यहाँ पु¥याए । त्यसपछि त्यहाँ अमुल्य चुन ढुङ्गा भएको पत्ता लगाए ।
त्यहाँको माटो र ढुङ्गा परिक्षणको लागि नेपाल मात्र होइन भारतका नामुद, भू–माफियासम्म पु¥याएर राम्रो, असल, उत्तम प्रकारको चुनढुङ्गा खानी भएको प्रमाणित गरिसकेपछि उक्त भूमि सजिलैसँग त्यहाँको जान्ने मान्ने तर वास्तविकता थाहा नपाएका,
आफू बसेको मातृभूमिको बारेमा, त्यहाँको हावापानी स्वच्छ, राम्रो सफा हुनका कारण थाहा नपाएका, मात्र झ्वाट्ट हेर्दा, अनकन्टार भूमि मात्र देखिने अति लाटा, सोझा, ईमान्दार मान्छे हत्याएर नौँ वर्षका लागि दोहन गर्ने सम्झौता दुई वर्षमै सखाप पारे ।
वर्तमान लुप्लुङ प्रकृतिले सजाएको भूमि कागती निचोरे सरहको वनाए होला, चौतर्फी पहिरो गएको छ । पूर्खाहरुले अक्षताको रुपमा खेती गर्ने खेतहरु पहिरोले पुरिएका छन् । अतः त्यहाँको ऐतिहासिक पानीका मुहानहरु सुकेर मरुभूमि बन्ने अवस्थामा छन् ।
यो हाल देखेपछि विगतमा सम्झौता गर्नेहरुलाई पनि खानु न ओकल्नु बन्दै गएको छ । पुरानो ईतिहासको बारेमा जान्न बुझ्न थालेपछि हाल द्वन्द्व मच्चिन थालेको छ ।
चुनढुङ्गाको कारण लुप्लुङ त अनुहारै कुरुप बन्ने भो तर टिप्पर हिँड्ने १५ टनभन्दामाथि हिँड्न नबन्ने कालोपत्रेको मार्ग, सडक छेऊमा बनेका घरटहरा धुलाम्य छन् । घर थर्केका, चर्केका छन् ।
१५ टनको क्षमता भएका बाटोमा ४०/५० टनको भार बोक्दा कस्तो होला ? लुप्लुङको चुनढुङ्गाको उत्खनन् कै कारण धाईरे, सेरा, पारावाङ, दम्ती, जेगवाङ, खप्रेङखोला, वाग्दुला, टिकुरी, पुण्डेखोला, विजुवार, टारी क्वाँडी, चेरुनेटा, चकचके, वड्डाँडा, ददेरी, भालुवाङ हुँदै कालाकाटेसम्मका सडक छेऊ बस्ने सबैलाई पीडा छ । हुँदा–हुँदा हाल स्थानीयबासी, एउटै जिजु बाजेका सन्तानका बीच द्वन्द्व छ । द्वन्द्व दुईथरी ।
एकथरी नैतिकता ईमान्दारिताको विगतमा सम्झौता गरियो बेइमानी गर्नु राम्रो हुँदैन भन्नेको । अर्को एकथरी पुर्खौलीथलो बचाउनुपर्छ भनेर कर्तव्यको द्वन्द्व छ । द्वन्द्व बढ्दै छ ।
त्यहाँबाट बस्ती सर्ने कम्तीमा २५ लाख भण्डारीहरुको देवभूमी, पुर्खौली उद्गमस्थल उत्खनन् गरेर प्रकृतिको दोहन गरेर भू–माफियाहरुले भूमिमाथि अत्याचार गर्न पाईदैन, नेपालीको घर आँगनबाट चुनढुङ्गा दिएर विदेशकै मुल्यमा सिमेन्ट किन्नुपर्छ । भू–माफियाले लुट्ने मात्र हो । नेपाली जनतालाई दुःख पीडा, सजाय, मानसिक यातना दिने मात्र हो ।
ढिलो चाँडो लुप्लुङ मात्र नभई सिङ्गो नेपाली भूमि, प्राकृतिक सम्पदा बचाउन, सिङ्गो नेपालले अग्रणी भूमिका खेलौँ । दुई चार पैसाको लोभमा प्रकृतिको दोहन, उत्खनन् गर्नबाट बचाऊ । हामी सत्ताधारी र विद्रोही झगडिया पक्ष विपक्षको रुपमा होइन । भाइ–भाइको रुपमा मातृभूमि बचाउने अभियानमा जुटौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here