प्यूठान, ३० बैशाख ।
प्युठानमा आइतबार बिहान बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । महेन्द्रनगबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस आइतबार बिहान प्यूठानको सरुमारानी गाउँपालिका बड्डाँडा चकेचके सडक अन्तर्गत पाकुरीखोलामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा तीन महिला र दुई पुरुषको मृत्यु छ । बस दुर्घटनामा परी २५ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकमध्ये बस चालक कैलाली चौमालाका वीरबहादुर थारुको मात्रै सनाखत हुनसकेको छ । प्र्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भन्ने अझै खुल्न सकेको छैन ।
दुघर्टनाका २५ घाइतेमध्ये १६ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ भने नौजनालाई बुटवललगायतका अस्पतालमा रिफर गरिएको प्यूठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।
घाइते हुनेहरुमा प्यूठान मल्लरानी गा.पा.३ चोरपानी बस्ने बर्ष ३८ को तिर्थराज पोख्रेल, रुपन्देही कञ्चन गा.पा.वडा नं.२ गजेडी बस्ने बर्ष ३५ को गोविन्द अर्याल, गुल्मी अग्लेदह बस्ने बर्ष ४५ को तारा बिष्ट, दैलेख दुल्लु न.पा.११ कालभैरब बस्ने बर्ष २५ की हिमा बोहरा, ऐ.ऐ. बस्ने बर्ष २५ को जगदिश खत्री, ऐ.ऐ.बस्ने बर्ष २ को रिगल खत्री, रुपन्देही कञ्चन गा.पा.वडा नं.२ बस्ने बर्ष २९ की हिमला अर्याल, ऐ.ऐ.बस्ने बर्ष ७ को सफल अर्याल, हाल बुटवल रिफर), प्यूठान न.पा.३ साडेखोला बस्ने बर्ष २६ को ईश्वर खड्का, रोल्पा सुवर्णवती गा.पा.२ बस्ने बर्ष १६ सपना विक, ऐ.ऐ.बस्ने बर्ष ४५ को शेरबहादुर विक, बैतडी पुरचौरे न.पा.६ बस्ने बर्ष २२ को प्रकाश सावद, चितवन न.पा.१७ बस्ने बर्ष ७३ को राजेन्द्र प्रसाद तिमिल्सिना रहेका छन् .।
त्यस्तै प्यूठान मल्लरानी गा.पा.बस्ने बर्ष २० की सुष्मा चौधरी, कञ्चनपुर डेटकोट न.पा.६ बस्ने बर्ष २३ को सुनिल रानामगर, प्यूठान झिमरुक गा.पा.३ बस्ने बर्ष २१ को प्रेम केसी, रोल्पा सुवर्णावती गा.पा.९ हरिगाउँ बस्ने बर्ष २१ को बिजय सुनार (हाल कोहलपुर रिफर), प्यूठान गौमुखी गा.पा.वडा नं.४ अर्खा बस्ने बर्ष १५ को थमजित विक, कैलाली गौरीगंगा न.पा. वडा नं.३ बस्ने बर्ष २२ को राजेश चौधरी, प्यूठान झिमरुक गा.पा.वडा नं.६ दहखोला बस्ने बर्ष ४९ की गोमा गिरी (हाल बुटवल रिफर), प्यूठान माण्डवी गा.पा.वडा नं. १ कुमालटार बस्ने बर्ष ३८ को बसन्त शर्मा (हाल कोहलपुर रिफर) गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ .।