‘प्याब्सन प्रेसिडेन्ट अवार्ड’बाट गिरी सम्मानित

फिचर मुख्य खबर

घोराही, ३० फागुन । प्याब्सन दाङका निवर्तमान अध्यक्ष यादव गिरी सम्मानित भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)को १४औँ राष्ट्रिय महाधिवेशनमा प्याब्सन दाङका निवर्तमान अध्यक्ष गिरी ‘प्याब्सन प्रेसिडेन्ट अवार्ड’बाट सम्मानित भएका हुन् ।
काठमाडांैँमा भएको महाधिवेशन उद्घाटन कार्यक्रममा शिक्षा क्षेत्रमा पु¥याएको योगदान र प्याब्सनलाई मजबुत बनाउन महङ्खवपूर्ण भूमिका खेलेको भन्दै गिरी सम्मानित भएका हुन् ।
महाविधेशनमा गिरीसहित अवार्डबाट देशभरका आठ व्यक्तिहरु सम्मानित भएका थिए । सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथिले सम्मान गरेका थिए । प्याब्सनले महाधिवेशनका अवसरमा सम्मानित गर्ने आठजना उत्कृष्ट व्यक्तिहरुमा दाङका गिरीसमेत परेका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यता एवं शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । महाधिवेशनमा प्याब्सन दाङ शाखा पनि उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *