- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरपौडेललाई शिक्षा पदक

पौडेललाई शिक्षा पदक

- Advertisement -spot_img

तुलसीपुर, २४ भदौ । सरकारले प्रदान गरेको पदक र प्रशंसापत्रबाट सेन्टर माध्यमिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेल पुरस्कृत भएका छन् । शिक्षा दिवसको अवसरमा सोमबार पौडेलसहित देशभरका १ सय १ जना शिक्षकलाई पुरस्कृत गरिएको हो ।

७७ जिल्लाबाट शिक्षा पदक पाउने १ सय १ जना रहेका छन् । यस्तै विश्वविद्यालयतर्फ ११ जनाले शिक्षा दिवस पदक तथा प्रमाणपत्र पाएका छन् भने प्राविधिक शिक्षालयतर्फ ७ जनाले शिक्षा पदक तथा प्रमाणपत्र पाएका छन् ।

संस्थागत विद्यालय तथा नेपाल स्काउटतर्फ ६ जनालाई प्रशंसापत्र प्रदान गरिएको छ । योग्य व्यक्तिभन्दा दलगत आवद्धताका आधारमा शिक्षक छनौट हुने क्रम बढेको भन्दै आलोचना भएपछि तीन बर्ष अघि हटाईएको शिक्षकलाई पुरस्कृत गर्ने क्रम शिक्षकका नेताहरुको तिव्र दवावपछि यस बर्षबाट फेरी शुरु भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here