पे्रस संगठनको एकता टुङ्गीयो

मुख्य खबर

तुलसीपुर, १६ मंसिर । प्रेस संगठन दाङले आफ्नो एकता प्रकिया टुङ्गो लगाएको छ । आइतबार प्रेस संगठन दाङको कार्यदलको बैठकले दुबै पक्षका व्यक्तिहरूलाई मिलाएर एकता टुङ्ग्याएको हो । बैठकले प्रकाश चौधरीको संयोजकत्वमा ३९ सदस्यीय प्रेस संगठन कार्यसमितिसमेत गठन गरेको छ ।
संगठनमा पूर्व प्रेस चौतारीबाट २१ जना र पूर्व प्रेस संगठनबाट १८ जना गरी ३९ सदस्यीय रहेको छ । कार्यसमिति सहसंयोजकमा जेएन सागर रहेका छन् भने सदस्यहरूमा पाण्डव शर्मा, प्रेमबहादुर राम्जा, इन्द्रविवश डिसी, सन्तोष अधिकारी, दिवाकर पोख्रेल, दशरथ घिमिरे,
जनक नेपाली, केशरमान विसी, सुधासुमन ढकाल, नविन अभिलाषी, जीवन नेपाली, दामोदर बस्नेत ‘राकेश’, उदय विसी, युगराज पोख्रेल, दिपक बोहोरा, गिरिराज नेपाली, राजेश चौधरी, शान्त बुढा मगर, शिवराज पन्थी, रमा पोख्रेल, बसन्त परियार, नगेन्द्र चौधरी, बालकृष्ण पाण्डे, दिप्तीशिखा चौधरी, माधव कँडेल, शिव घर्ती, किरण गौतम, सन्तोष डाँगी, आभाष बुढाथोकी, विकास डाँगी, भागवत भट्टराई, सविता सुनार, अमृता भुसाल, शिवु खनाल, सुमन केसी, लक्ष्मण विश्वकर्मा र सैलेश अधिकारी रहेका छन् ।
संगठनका संयोजक प्रकाश चौधरीको अध्यक्षतामा बसेको बैठकमा बोल्दै प्रमुख अतिथि एवं संगठनका प्रदेश संयोजक सविन प्रियासनले संगठनलाई भावनात्मक रूपमा एकता बनाउन निर्देशन दिए । यसैगरी विशिष्ट अतिथि केन्द्रीय सदस्य टिका बस्नेतले प्रेस संगठनलाई दाङमा नयाँ उचाईका साथ एक भएर काम गर्न सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *