पेन्सिल मोह

फिचर मुख्य खबर समाज

तपाई आजसम्म कति ठाउँमा पुग्नुभयो ? पक्कै पनि तपाईले आफैलाई नढाटेर भन्दा पनि धेरै ठाउँमा पुग्नुभयो । भ्रमण होस् या अन्य कामको शिलशिलामा धेरै ठाउँमा तपाई जानुभएको छ तर ति ठाउँमा देखेका र भोगेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न सक्नुभयो कि भएन भन्ने प्रश्न छ ? घरभन्दा बाहिर निस्केपछि पक्कै केही भएपनि नयाँ चिज केही न केही देखिन्छ तर देखेर आफ्नै ठाउँमा आएर व्यवहारमा कार्यान्वयन गर्ने केही बाहेक अधिकांशले व्यवहारमा कार्यान्वयन ल्याउनुभएको छैन् ।
भ्रमणको क्रममा देखेका कुरालाई व्यवहारमा कार्यान्वयन गरेर केही भएपनि आर्थिक समृद्धिमा महङ्खवपूर्ण भूमिका खेलेका युवाको नाम हो बिमल भट्टराई । आजभन्दा करिब दुई वर्ष अघि मात्रै भारत भ्रमणमा गएका थिए बिमल । धेरै साथीभाइसँग १८÷१९ दिनको भ्रमणका लागि निस्केका उनी भारतमा रहेका विभिन्न औद्योगिक भ्रमणमा थिए । भ्रमणलाई केही उपलब्धिमूलक बनाउने सोंचका साथ घरबाट निस्किएका बिमललाई आखिर भारत भ्रमण उपब्लधिमूलक बन्यो पनि ।

उनी भारतमा औद्योगिक भ्रमणपछि नेपालमा आएर आफ्नै घरमा भल्वेड पेन्सिल उद्योग स्थापना गर्न सफल भएका छन् । उमेरले २३ वर्षमा मात्रै उनले बिमल बिजनेश क्राउनमार्फत पेन्सिल उद्योग स्थापना गरेका हुुन् ।

उनी भारतमा औद्योगिक भ्रमणपछि नेपालमा आएर आफ्नै घरमा भल्वेड पेन्सिल उद्योग स्थापना गर्न सफल भएका छन् । उमेरले २३ वर्षमा मात्रै उनले बिमल बिजनेश क्राउनमार्फत पेन्सिल उद्योग स्थापना गरेका हुुन् । लाखौँ युवा विदेशीरहेको समयमा नेपालमै केही गर्नुपर्छ भन्ने साेंचका साथ घोराही उपमहानगरपालिका–१८ मा पेन्सिल उद्योगको स्थापना गरेर आठजनालाई रोजगारसमेत दिएका छन् । उनले भने ‘म नेपालमै केही गर्नुपर्छ भन्ने युवा हँु, तर भनेजस्तो सजिलो छैन्, विभिन्न चुनौतिको सामना गरेर भएपनि केही फरक व्यवसाय गर्ने प्रयास गरेको छु । भारतमा बस्ने साथीभाइको साथ र सल्लाह, सुझावले म भल्वेड पेन्सिल उद्योग स्थापना गर्न सफल भएको छुु ।’

बिमलले स्थापना गरेको पेन्सिल उद्योगबाट दैनिक २ हजार बढी पेन्सिल उत्पादन हुने गरेका छन् । बजारमा भएका पेन्सिलभन्दा निकै गुुणस्तरयुक्त पेन्सिल उत्पादन गरेका छौँ, तर माग अनुसारको उत्पादन हुन सकिरहेको छैन्, कुरा किन लुकाउनु र ? आर्थिक अभावकै कारण भनेजति अर्थात माग अनुसारको पेन्सिल उत्पादन गर्न सकिरहेको छैन् । दःुख लाग्छ, अहिले पनि साथीभाइसँग सापटी गरेर उद्योग स्थापना गरेको छु, अलि गम्भीर हुुँदै भने, अब बैंकहरुले हामीलाई पत्याउँदैन्, साथीभाइ तथा आफन्तसँग सापट मागेर चलाएको छु । राजनीतिशास्त्र र भूगोलमा स्नातक तहमा अध्ययन गरिरहेका बिमलले उद्योग स्थापना गरेको करिब ९÷१० महिनासम्म पेन्सिल गुुणस्तर भएका कारण माग अत्याधिक रहेको बताए । हामीले उत्पादन गरेको पेन्सिल दाङसहित अन्य जिल्लामा पनि जाने गरेको छ । सकारात्मक सुझाव पाएको छु, मेरो सोंच त के भने स्वदेशमा मात्रै नभएर विदेशसम्म पु¥याउने हो, राज्यको ध्यान जान सक्यो भने पक्कै पनि मेरो उद्देश्यमा पुग्ने छु उनले भने ।

पेन्सिलबाट निस्केका फोहर संकलन गरेर हामीलाई दिए पेन्सिल उपहार पनि दिन्छौँ । घुुम्न मन पराउने, खोजी अनुुसन्धानमा रुचि भएका बिमलले व्यवसायको प्रवद्र्धन गर्नका लागि स्थानीय सरकारसँग मागसमेत गरेका छन् ।

चाउचाउ, चकलेटलगायत विभिन्न कागजजन्य वस्तुुको प्रशोधन गरेर पेन्सिल उत्पादन गर्न सकिने उनले बताए । अहिले भारतबाट कच्चापदार्थ ल्याईरहेका छौँ, अब त्यो प्रशोधन गर्ने मेसिन ल्याउन सकियो भने कच्चापदार्थका लागि भारतको भर पर्नुु पनि पर्दैन् उनले भने । कच्चापदार्थ भारतबाट ल्याउँदा समयमा नआउने, भन्सारमा दुःख पाउने गरेको उनले दुुखेसो सुुनाए । उनले भने ‘कच्चापदार्थ भारतबाट ल्याउँदा हाम्रो सबै पैसा भारतमै जाने गरेको छ, नेपालमै लगानी सुुरक्षित गर्ने वातावरण सरकारले बनाउनुुपर्छ, अहिले त झन स्थानीय सरकार आइसकेको अवस्थामा स्थानीय सरकारले हामीजस्ता युवाको व्यवसायमा प्रोत्साहनका लागि चासो दिनुपर्छ ।’
भल्पेड पेन्सिल भने बाहिरबाट मखमलले लगाएको र भित्रपट्टी पनि गुणस्तरिया एचबि राखिएकाले भल्पेड पेन्सिल गुुणस्तरिय छ । बजार मुल्य पनि अरुभन्दा अलि महंगो पर्ने भएपनि हामीले अरुजस्तै प्रति पेन्सिल १० रुपैयाँमा पाउन सक्नुहुन्छ । मुल्य पनि सस्तो तर गुणस्तरमा विश्वसनीयता बढ्दै गएका कारण माग बढी छ– उनले भने । भल्पेड पेन्सिल विद्यालय, रेष्टुुरेण्ट, सरकारी तथा निजी कार्यालयमा बढी प्रयोग हुने गरेको छ । पेन्सिलमा बाहिरबाट मखमल भएका कारण कार्यालयमा राख्दा राम्रो देखिने र लेख्दा पनि राम्रो भएका कारण यसको बजार राम्रै देखिएको छ उनले भने । पेन्सिल वातावरणमैत्री पनि भएको उनले दाबी गरे । उनले भने– पेन्सिलबाट निस्कने फोहर वातावरणमा मिल्न सक्ने र वातावरण फालिएका सामानलाई प्रशोधन गरेर पेन्सिल बनाउन सकिने भएका कारण यो वातावरणमैत्री पनि छ । उनले थपे– पेन्सिलबाट निस्केका फोहर संकलन गरेर हामीलाई दिए पेन्सिल उपहार पनि दिन्छौँ । घुुम्न मन पराउने, खोजी अनुुसन्धानमा रुचि भएका बिमलले व्यवसायको प्रवद्र्धन गर्नका लागि स्थानीय सरकारसँग मागसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *