- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचर‘पेन्सनधारी’ जनप्रतिनिधि

‘पेन्सनधारी’ जनप्रतिनिधि

- Advertisement -spot_img

तुलसीपुर,१० भदौ । जिल्ला समन्वय समिति दाङमा उपसंयोजक श्रीधर शर्मा पौडेल निवृत्त शिक्षक हुन् । निवृत्त शिक्षक हुँदै गर्दा स्थानीय निर्वाचन भयो निर्वाचनबाट उनी जिज्ला समन्वय समितिको उपसंयोजकमा निर्वाचित भए ।
शिक्षकको पेन्सनपट्टा खाइरहेका पौडेलले प्रदेश सरकारको निर्णय अनुसार मासिक ३६ हजार रुपैयाँ पारिश्रमिक पाउने भए । त्यहि अनुसार उनले जिल्ला समन्वय समितिमार्फत अहिले पारिश्रमिक बुझिरहेका छन् । उनले नियमित पेन्सन पाउँदै आएको १६ हजार केही महिनादेखि नबुझेको दाबी गरे । उनलाई दोहोरो सुविधा लिने र एउटा मात्रै सुविधा लिने भन्ने विषयमा अहिलेसम्म अन्यौलता छ । पुस महिनादेखि पेन्सनको पैसा लिएको छैन, उनले भने, समन्यव समितिबाट गएको आर्थिक वर्षको सुविधा साउनमा लिएको छु । पेन्सन लिन्न भन्ने प्रक्रिया के हो कहाँ जानकारी गराउनु पर्नेको त्यसमा पनि अलमल छ ? उपसयोजक शर्माले पेन्सन सेवा गरे बाफतको सुविधा भएको र पारिश्रमिक अहिले श्रम गरेबाफतको भएकाले दुबै सुविधा पाउनुपर्ने दाबी गरे । अहिले हामीले रातदिन श्रम गरेका छौँ, त्यसबाफत अहिले तोकिएको सेवा सुविधा लिन पाउनुपर्छ, उनले भने, पहिले हामीले राज्यलाई सेवा गरेबाफतको सुविधा पेन्सन हो । त्यो पनि लिन पाउनु पर्छ, यी दुबैलाई एकैथलोमा राखेर बुझ्नु हुँदैन । उनले यो विषयमा प्रदेशमा समेत छलफल भइरहेको सुनाए । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी पनि पूर्व शिक्षक हुन् । उनले पनि शिक्षकको पेन्सन बुझिरहेका छन् । सुवेदी भन्छन् ‘मैले गाउँपालिकाबाट अहिलेसम्म सुविधा लिएको छैन, पेन्सन मात्रै लिएको छु, कसरी एउटा मात्रै लिने हो, त्यो प्रक्रिया र सुविधा ब्यवस्थापनको प्रक्रिया थाहा छैन, अलमलमै छाँै, पेन्सन छोड्ने प्रक्रिया के हो भनेर ।’ राप्ती गाउँपालिकाका अन्य दुईजना वडा सदस्य पनि निवृत्त शिक्षक छन् । उनीहरुले पनि अहिलेसम्म पेन्सन मात्रै लिइरहेको सुवेदीले बताए । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी पनि पूर्व शिक्षक हुन् । उनले स्वघोषण गर्दै पेन्सन नलिएको र गाउँपालिकाको सेवा सुविधा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । ‘दोहोरो सुविधा लिन पाइदैन कुन सुविधा लिनुहुन्छ भनेर अध्यक्ष ज्यूलाई सोधेका थियौँ, उहाँले पेन्सन लिन्न अहिलेको सुविधा लिन्छु भन्नु भयो’, उनले भने, ‘गाउँपालिकाको अध्यक्षले पाउने मासिक ३० हजार रुपैयाँ लिइ रहनुभएको छ ।’ त्यसैगरेर घोराही उपमहानगरपालिकाका पनि केही जनप्रतिनिधिहरु निवृत्त शिक्षकहरु रहेको भएपनि सबैजनाले उपमहानगरको सुविधा लिइरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि पाण्डेले यो साउनसम्म कुनै पनि जनप्रतिनिधिको सुविधा नरोकिएको सबैजनाले लिएको बताए । घोराहीमा वडा अध्यक्ष विष्णुमणि दहाल निवृत्त शिक्षक हुन् । केही सदस्यहरु निवृत्त पेन्सन धारी भएको भने भनी पुष्टि हुन सकेको छैन ।
त्यसैगरेर तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रहरी सई वडा सदस्य एकजना जनप्रतिनिधि बनेका छन् । बबई गाउँपालिकाका पनि निवृत्त शिक्षक एकजना वडा अध्यक्ष भएका छन् । नन्दराम वली पेन्सनवाला पूर्व शिक्षक हुन् उनी अहिले जनप्रतिनिधि भएका छन् । राप्ती गाउँपालिकाका दुईजना वडा सदस्य बनेका गणेश कुमार चौधरी र कृष्णकुमार चौधरी निवृत्त शिक्षक हुन् । पेन्सन पाउने जनप्रतिनिधिहरुको दोहोरो सुविधा देखिएपछि नीतिगत अन्यौलता र अलमल देखिएको छ । स्थानीय तहले अहिले जनप्रतिनिधिहरु रहेका केहिले सरकारी सेवा निवृत्त सेवा र स्थानीय तहबाट पनि सेवा सुविधा लिन थालेपछि कुन सेवा लिने र कुन छोड्ने भन्ने दोधारमा समेत देखिन्छन् । नीतिगत अन्यौलताका कारण कसरी एउटा सेवा रोक्नेसम्म जानकारी नहुँदा अलमलमा परेको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । स्वघोषणाकै आधार अहिले सेवा सुविधा लिइरहेका जनप्रतिनिधिहरुले अर्काे सुविधा रोकिएको प्रमाणसमेत देखाउन सक्ने अवस्थामा छैनन् । न त उनीहरुले स्थानीय तहमा पेन्सन नलिएको प्रमाण बुझाउन सकेका छन्, न त स्थानीय तहबाट सेवा सुविधा बुझेको प्रमाण । यता अलमल र अन्यौलमा देखिदै केही जनप्रतिनिधिले दोहोरो सुविधाका पछि लागेको प्रष्ट हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here