पूर्व विद्यार्थी समाजको भेला हुने

समाज

तुलसीपुर, १८ चैत । पूर्व विद्यार्थी समाज जनता विद्यार्थी विजौरी दाङको दोस्रो भेला हुने भएको छ । समाजको आइतबार बसेको बैठकले आगामी चैत २२ र २३ गते दोस्रो भेला गर्ने निर्णय गरेको हो ।
उक्त अवसरमा समाजले विभिन्न कार्यक्रमहरुसमेत गर्ने भएको छ । समाजका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसैबीच भेललाई व्यस्थित रुपले सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । शंकर दिवस मजगैयाँको संयोकत्वमा सचिवालय समिति गठन गरिएको छ ।
यस्तै लोमस लामिछानेको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरिएको छ । यस्तै माधव कुमार अधिकारी मञ्च व्यवस्थापन, विनय कुमार पोख्रेल आवास व्यवस्थापनमा रहेका छन् भने प्रचार प्रसार संयोजकमा भिमलाल मरासिनीलाई जिम्मेवारी दिइएको छ ।
यसैबीच उक्त अवसरमा पूर्व क्याम्पस प्रमुखहरुको तर्फबाट प्राचार्य स्थानेश्वर गौतम र विसं २०१३ सालमा अध्ययन गरेका छात्रछात्राहरुलाई सम्मानसमेत गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *